लेदो पहिरोले बनेको २२ लाख घनमिटर पानीको ताल पूर्ण रूपमा निष्कासन, स्थिति नियन्त्रणमा

एजेन्सी


काठमाडौँ । चीनको दक्षिण-पश्चिममा रहेको सिजाङ स्वायत्त क्षेत्रको गिरोङ काउन्टीमा लेदोपहिरो विपद्का क्रममा बनेको ताल पूर्ण रूपमा सुकेको छ। स्थानीय अधिकारीहरूका अनुसार तालको पानी पूर्ण रूपमा निष्कासन भई स्थिति नियन्त्रणमा आएको हो।
गत भदौ १० गतेको विपद्का लागि गठित आपत्कालीन उद्धार मुख्यालयका अनुसार यसअघि गरिएको राडार सर्भेले उक्त ताल करिब ०.१ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको देखाएको थियो। तालमा करिब २२ लाख घनमिटर पानी सञ्चित रहेको अनुमान गरिएको थियो। पहिरोले बनेको बाँधको औसत उचाइ ६० मिटर र लम्बाइ करिब १,१०० मिटर रहेको अनुमान गरिएको थियो।
पछिल्लो विज्ञ मूल्याङ्कनका आधारमा अधिकारीहरूले ताल पूर्ण रूपमा खाली भइसकेको र यससँग सम्बन्धित जोखिमहरू नियन्त्रणमा रहेको पुष्टि गरेका छन्।

रसुवाको स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालनमा

काठमाडौं उपत्यकामा प्रहरीको ‘स्वीप अपरेसन’ : १५ महिलासहित ९७ जना पक्राउ

अबका ‘दुई दिन धान नकाट्नू, ट्रेकिङ नगर्नू, जहाँ हुनुहुन्छ सुरक्षित बस्नू’

देशमा अर्नब चक्रवातको असरः आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

गैरदलीय स्थानीय तह निर्माण अभियानद्वारा माइतीघरमा प्रदर्शन, आन्दोलनको आँधीवेहरी ल्याउने चेतावनी
अरुपनि पढ्नुहोस
सबै
भकिम्लीका किसान व्यावसायिक गाईपालनमा

तनहुँको आँबुखैरेनीमा सामूहिक प्रयासमा फूलखेती

पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन

तिहारलक्षित सयपत्री फूल खेतीमा जमेका विष्ट
















