बाढीपीडितका लागि मधेस सरकारले आज दोस्रो चरणको राहत पुर्याउँदै

रासस


धनुषा । मधेस प्रदेश सरकारले भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि दोस्रो चरणको राहत सामग्री आज त्यसतर्फ पुर्याउँदै छ ।
मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको अध्यक्षता तथा मुख्यमन्त्री कृष्णप्रसाद यादवको प्रमुख आतिथ्यमा सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले राहत सामग्री आज पठाउन लागेको हो ।
मन्त्री महतोका अनुसार आज सात हजार थान कम्बल र ७०० थान अस्थायी आवासका लागि टेन्ट पठाइनेछ । बाढीका कारण विस्थापित परिवारको व्यवस्थापन तथा प्रभावित नागरिकलाई तत्काल आवश्यक राहत उपलब्ध गराउन प्रदेश सरकारका तर्फबाट थप सहयोग र समन्वय गरिने उनले बताए ।
“प्रदेश सरकारले दोस्रो चरणको राहत पठाउन लागेको हो । पहिलो चरणमा रु ५५ लाख पठाइएको थियो । अहिले कम्बल र टेन्ट पठाउने निर्णय भएको छ,” मन्त्री महतोले भने, “आगामी दिनमा राहतका लागि थप के सहयोग गर्न सकिन्छ भन्ने विषयमा मङ्गलबार पुनः बैठकमा छलफल हुनेछ ।”
बाढी प्रभावित नागरिकको जीवनरक्षा र मानवीय सहायता सरकारको प्रमुख दायित्व भएकाले विपद्का बेला आवश्यक राहत तथा सहयोगलाई प्रभावकारी र व्यवस्थित रूपमा अघि बढाउने विषयमा बैठकमा जोड दिइएको थियो ।

चितवन राइनोजले प्रस्तुत गर्यो सुदूरपश्चिम रोयल्सविरुद्ध १३० रनको लक्ष्य

चितवनमा बागमती प्रदेश स्तरीय सितोरियो कराते दिक्षान्तमा समारोह सम्पन्न

बुद्ध एयरको उडान ढिलाइ हुँदा राजविराज विमानस्थलमा यात्रु चार घण्टादेखि प्रतीक्षामा

भारतको उत्तर प्रदेशमा सडक दुर्घटनामा ६ जनाको मृत्यु, दुई घाइते

प्रेस युनियन रुपन्देहीद्वारा शुभ दीपावली, नेपाल संवत् र छठ पर्वको शुभकामना आदान–प्रदान
अरुपनि पढ्नुहोस
सबै
चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

प्रेस स्वतन्त्रता कुण्ठित गर्ने काम रोक्न फोनिजको माग, १३ बुँदे सप्तरी घोषणापत्र जारी

भारतमा सडक निर्माणका क्रममा करेन्ट लागेर ८ मजदुरको मृत्यु

कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना
















