पेटभित्र लुकाएर ल्याइएको १५० ग्राम सुनसहित बंगलादेशी नागरिक पक्राउ

नवलपुर टुडे


काठमाडौं। प्रहरीले दुबईबाट काठमाडौं आएका एक बंगलादेशी नागरिकको पेटभित्र लुकाएर ल्याइएको सुनजस्तो देखिने पहेँलो धातु बरामद गरेको छ। फ्लाई दुबईको उडान एफजेड ११३३ मार्फत काठमाडौं आएका बंगलादेशी नागरिक मोहम्मद रासेल हल्दारलाई शंका लागि सोधपुछ गर्दा करिब १५० ग्राम सुन लुकाई ल्याएको भनी स्वीकार गरेका थिए।
पक्राउ गरी काठमाडौं मेडिकल कलेज सिनामंगलमा गरिएको पेल्भिकको एक्स–रे परीक्षणमा पेटभित्र शंकास्पद धातु देखिएपछि उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पाँच दिन अस्पतालमा निगरानीमा राखिएको थियो।
शुक्रबार शौचका क्रममा करिब १५० ग्राम तौल भएको सुनजस्तो देखिने क्याप्सुल आकारको दुईवटा धातु फेला परेको प्रहरीले जनाएको छ।उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

आज तीनवटा प्रदेशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना

औद्योगिक विकास र व्यापार सहजीकरणका लागि ‘नेपाल प्रत्यायन केन्द्र’ स्थापना

चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

झापाको सानो माईखोलाको बगरमा बदाम खेती
अरुपनि पढ्नुहोस
सबै
कर्णालीको गौरव: धमाधम निर्माण हुँदै प्रशासनिक भवन

लुम्बिनी–गोवा पर्यटन सर्किट बनाउने प्रस्ताव, सीधा उडानमा जोड

तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला

पोखरामा तिहारलक्षित गोदावरी तथा सयपत्री पुष्प मेला पोखरा रङ्गशालामा सुरु
















