बिहारस्थित लखिसरायको अशोकधाम मन्दिरमा भागदौड, सातको मृत्यु, ६ जना घाइते

नवलपुर टुडे


काठमाडौं । भारतको बिहारस्थित लखिसरायको अशोकधाम मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा सातजनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । लखिसरायका सब–डिभिजनल प्रहरी अफिसर शिवम कुमारले बीबीसीसँग सोमबार बिहान मन्दिरमा भागदौडको घटना भएको जानकारी दिएका छन् ।
शिवम कुमारका अनुसार घटनामा हालसम्म सातजनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि सदर अस्पतालमा भर्ना गरिएको छ । समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै एक प्रत्यक्षदर्शी महिलाले भीडकै कारण घटना भएको बताइन् ।
उनले महिलाहरू लाइनमा उभिएका र त्यत्तिकैमा करिब १०–१२ जना महिला जबर्जस्ती लाइनमा छिरेर धक्का दिन थालेपछि करिब २०–२५ जना महिलाहरू एक–अर्कामाथि लड्न पुगेको बताइन् ।

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह

जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन

हङकङका लोकतन्त्रवादी अभियन्ता जोसुवा वङलाई १० वर्षको जेल सजाय

‘पैसा डबल’ गर्ने भन्दै ठगी गर्ने रजक पुनः पक्राउ
अरुपनि पढ्नुहोस
सबै
रौतहटको डुमरियामा दुई यात्रुबाहक बसबाट भन्सार छलीका सामान बरामद, मूल्य २ लाख २२ हजारभन्दा बढी

वायु प्रदूषण जोखिम कम गर्न काठमाडौँ महानगरको आग्रह

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो
















