आज भारतीय सेना प्रमुख धिरज सेठ नेपाल आउँदै

नवलपुर टुडे


काठमाडौं । भारतीय सेनाका प्रमुख धिरज सेठ नेपालको चारदिने भ्रमणको सिलसिलामा आइतबार अपराह्न काठमाडौं आउँदै छन् ।प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा उनी नेपाल आउन लागेका हुन् ।
“भारतीय सेना प्रमुख आज (आइतबार) काठमाडौं आउँदै हुनुहुन्छ,” नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भने । सैनिक प्रवक्ता बस्नेतका अनुसार भारतीय सेना प्रमुखको नेपाल भ्रमणको दुई उदेश्य रहेका छन् । एउटा, मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्ने र अर्को, नेपाल र भारतबीचको सैन्य सम्बन्धलाई प्रगाढ बनाउने ।
सैनिक प्रवक्ता बस्नेतका अनुसार सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा एक कार्यक्रमको आयोजना गरी राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछन् । सोमबार नै सैनिक मुख्यालय जंगी अड्डामा प्रधानसेनापति सिग्देल र भारतीय सेना प्रमुख सेठबीच द्विपक्षीय भेटवार्ता हुनेछ ।
भारतीय सेना प्रमुख सेठको बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

विशेष सुरक्षा सल्लाहकार कार्कीले बुझे पत्र

जलवायु सम्झौतामा १.५ डिग्रीको लक्ष्यलाई लिएर राष्ट्रहरूबिच मतभेद

एक महिनामा ४१ हजार बढी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउँछ : प्रदेश प्रमुख भट्ट

नाटो सदस्यता पाउन डोनबास छाड्नुपर्ने अमेरिकी प्रस्तावले जेलेन्स्की आश्चर्यचकित
अरुपनि पढ्नुहोस
सबै
आज छठको मुख्य दिन, सिरहाका पोखरीदेखि नदीसम्म सिँगारिए घाट, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु

स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण

इटालीको डोलोमाइट्स पर्वतमा भेटियो हिमयुगीन भालुको विशाल चिहान

मौलिक चाडपर्वको संरक्षण र संवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री कार्की
















