मुवाथाई संघ चितवनको अध्यक्षमा रोहित शाही

नवलपुर टुडे


अधिवेशनबाट संघको प्रथम उपाध्यक्षमा निशा राना मगर, द्वितीय उपाध्यक्षमा राजकुमार तामाङ र सचिवमा डा बिकास पाण्डे चयन भएका छन् । यस्तै सह-सचिवमा नतिशा राना मगर, कोषाध्यक्षमा गौरव बगाले निर्विरोध निर्वाचित भएका छन् ।
संघको सदस्यहरुमा आदेश क्षेत्री, ई दीपेश अधिकारी, ह्रदय क्षेत्री, तनिशा राना मगर, सर्वदा राना मगर, सविन राना मगर, युविशा गुरुङ, प्रदीप सेन्चुरी, सहदेव गुरुङ, कमल भट्टराई, योगेश योगी, विशाल चौधरी, विवेक लामा र आयुष्का राना मगर चयन भएको कार्यक्रम संयोजक डा समिता आचार्यले जानकारी दिईन् ।
नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिदै चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्कीले क्रियाशिल भएर अघि बढ्न सुझाव दिए । उनले कार्यसमितिमा चयन हुनु मात्रै ठूलो उपलब्धि नहुने भन्दै समितिले आफ्नो कार्यकालमा गर्ने कामले उपलब्धि मुल्याङ्कन हुने बताए ।
उनले जिल्लामा मुवाथाईको गतिविधिलाई अझै तीव्रता दिन सुझाव दिदै आवश्यकता अनुसार सहयोग र सहकार्यका लागि खेलकुद समितिको ढोका सधैं खुला रहने समेत बताए । नवनिर्वाचित अध्यक्ष शाहीले यो कार्यसमिति आफूले पाएको जिम्मेवारी पुरा गर्न प्रतिवद्ध भएर अघि बढ्ने बताए । यो समितिले चितवनमा मुवाथाई खेलको बिकास र प्रवर्द्धनको लागि सक्दो प्रयास गर्ने उनको भनाइ थियो ।
मुवाथाईका केन्द्रीय सदस्य विज्ञान दराईले समितिलाई शुभकामना दिँदै सफल कार्यकालको कामना गरे । यसैबीच नवनिर्वाचित समितिले कार्यक्रम सम्पन्न गर्न बिशेष सहयोग गर्ने डा समिता आचार्यलाई धन्यवाद व्यक्त गरेको छ । कार्यक्रमको सहजीकरण डा बिकास पाण्डेले गरेका थिए ।

राष्ट्र बैंकको टक्सार महाशाखाबाट सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गरिँदै

गुल्मीमा भिरबाट लडेर महिलाको मृत्यु

बारामा घाँस काट्ने क्रममा लडेर एक वृद्धको मृत्यु

बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

मंसिरमा पाँच दिने ‘बुटवल खाना महोत्सव’ हुने
अरुपनि पढ्नुहोस
सबै
नेपाल संवत्को पूर्वसन्ध्यामा कांग्रेसले ‘सुकुन्दा र्याली’ आयोजना गर्ने

स्थानीय तहद्वारा जग्गा–वर्गीकरण नहुँदा अंशबण्डाबाहेकका काम अलपत्र

जलजलाका विपद् प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन

















