‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी भूभाग बनाउने ट्रम्पको दाबी

एजेन्सी


अमेरिका । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘पूर्ण रूपमा पराजित’ गर्ने दाबी गर्दै ‘स्ट्रेट अफ होर्मुज’लाई चाँडै अमेरिकी भूभागको हिस्सा घोषणा गर्ने बताएका छन् ।
ट्रम्पले मध्यपूर्वमा युद्ध सुरु भएयता तेहरानले प्रभावकारी रूपमा बन्द गरेको महत्वपूर्ण ऊर्जा ढुवानी मार्गमाथि अमेरिकाको नियन्त्रण रहेको दाबी गर्दै आएका छन् । इरानले भने उनको दाबी अस्वीकार गर्दै आएको छ ।
वाल स्ट्रिट जर्नलका अनुसार, ह्वाइट हाउसका एक अधिकारीले पछि ट्रम्पले उक्त टिप्पणी ठट्टाका रूपमा गरेको स्पष्ट पारेका छन् ।
इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले शनिबार सामाजिक सञ्जाल ‘एक्स’ मा ट्रम्पको भनाइको जवाफ दिँदै ‘स्टेट अफ हर्मुजइरानी थियो, इरानी हो र इरानी नै रहनेछ ।’
उनले स्ट्रेट अफ होर्मुज इरानको निर्णयअनुसार मात्र बन्द वा खुल्ने दाबी पनि गरे ।
ट्रम्पले इजरायलसँग मिलेर फेब्रुअरी २८ मा इरानविरुद्ध सैन्य कारबाही सुरु गरेका थिए । त्यसको जवाफमा तेहरानले ‘स्ट्रेट अफ होर्मुज’को अधिकांश क्षेत्रमा व्यावहारिक नियन्त्रण कायम गरेको दाबी गरिएको छ ।
विश्वको महत्वपूर्ण ऊर्जा ढुवानी मार्गमध्ये एक ‘स्ट्रेट अफ होर्मुज’ लाई लिएर अमेरिका र इरानबीच तनाव कायम छ । इरानले अधिकांश नागरिक जहाजको आवागमनमा रोक लगाएको छ भने अमेरिकी नौ सेनाले इरानमाथि दबाब बढाउन जलमार्गमा नाकाबन्दी गरेको छ ।
समर्थक र प्रहरीको भीडलाई सम्बोधन गर्दै ट्रम्पले भने “हामीले नाकाबन्दी गरेका छौँ । हाम्रो इच्छाबिना कुनै पनि जहाज त्यहाँबाट जान सक्दैनन् ।”

यस्ता छन् कर्णाली प्रदेश सरकारका पाँच निर्णय

चीनको निजी रकेटबाट १८ भू–उपग्रह प्रक्षेपण, थप ६८ वटा यसै वर्ष प्रक्षेपण गर्ने योजना

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता

व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार
अरुपनि पढ्नुहोस
सबै
बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक

मुस्ताङमा दुई लाख ८५ हजार पर्यटक
















