भारतमा सुरुङ दुर्घटना, सातको मृत्यु

नवलपुर टुडे


भारतको हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङमा पानी र भग्नावशेषसहित पहिरो खस्दा कम्तीमा सात जना कामदारको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । बिहीबार राति भएको दुर्घटनापछि तीन जना अझै बेपत्ता रहेको अधिकारीहरूले शुक्रबार बताएका छन् ।
राज्यद्वारा सञ्चालित जलविद्युत् परियोजनाका लागि सुरुङ निर्माण भइरहेको स्थानमा दुर्घटना भएको हो । राज्य विपद् व्यवस्थापन प्राधिकरणका अनुसार टिहरी जलविद्युत् निगमको निर्माणस्थलबाट १९ जना कामदारलाई उद्धार गरिएको छ । घाइते १३ जनाको उपचार भइरहेको जनाइएको छ ।
उत्तराखण्डमा पछिल्ला दिनमा परेको भारी मनसुनी वर्षाका कारण बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का घटना बढेका छन् । हिमाली भूभागमा लगातारको वर्षाले सडक, बस्ती र निर्माणस्थलमा जोखिम थपिएको अधिकारीहरूले बताएका छन् ।
भारतका ठूला निर्माणस्थलमा दुर्घटना हुने गरेका छन् । तर वातावरणविद्हरूले कमजोर हिमाली भूभागमा अत्यधिक र अव्यवस्थित विकास परियोजना सञ्चालन गर्दा प्राकृतिक विपद्को जोखिम झन् बढिरहेको चेतावनी दिँदै आएका छन् ।
गत महिना दुर्गम उत्तरपूर्वी राज्य सिक्किममा राज्यद्वारा सञ्चालित अर्को जलविद्युत् परियोजनाको सुरुङ निर्माणका क्रममा २० जना कामदारको मृत्यु भएको थियो । त्यसअघि सन् २०२३ मा उत्तराखण्डकै निर्माणाधीन सुरुङमा पहिरो खस्दा ४१ जना कामदार १७ दिनसम्म सुरुङभित्र फसेका थिए । उनीहरूलाई लामो उद्धार अभियानपछि सुरक्षित निकालिएको थियो ।
भारतमा जुनमा वार्षिक मनसुन सुरु भएयता बाढी र पहिरोका कारण देशभर सयौँ मानिसको मृत्यु भइसकेको छ । विज्ञहरूले अव्यवस्थित विकाससँगै जलवायु परिवर्तनका कारण यस्ता विपद्को आवृत्ति, तीव्रता र प्रभाव बढिरहेको बताएका छन् ।

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह

जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन

हङकङका लोकतन्त्रवादी अभियन्ता जोसुवा वङलाई १० वर्षको जेल सजाय

‘पैसा डबल’ गर्ने भन्दै ठगी गर्ने रजक पुनः पक्राउ
अरुपनि पढ्नुहोस
सबै
रौतहटको डुमरियामा दुई यात्रुबाहक बसबाट भन्सार छलीका सामान बरामद, मूल्य २ लाख २२ हजारभन्दा बढी

वायु प्रदूषण जोखिम कम गर्न काठमाडौँ महानगरको आग्रह

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो
















