मौसम

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा लमजुङमा

नवलपुर टुडे
२०८३ साउन २९ | बिहान ०९:०४ बजे

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका धेरै स्थानमा पानी परेको छ । केही स्थानमा ‘भारी’ वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । शुक्रबार (साउन २९) बिहान ७ः२० बजेको मापनमा पछिल्लो २४ घण्टामा लमजुङमा सबैभन्दा बढी वर्षा भएको छ । यो अवधिमा लमजुङको गिलुङमा १७९.२ मिलिमिटर पानी परेको विभागले जनाएको छ । यो ‘धेरै भारी’ वर्षा हो ।

“पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा लमजुङ जिल्लाको गिलुङमा १७९.२ मिलिमिटर भएको छ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश ठाउँमा पानी परेको छ,” विभागले भनेको छ, “साथै, अन्य प्रदेशको पनि धेरै ठाउँमा पानी परेको छ ।” यो अवधिमा थोरै ठाउँमा धेरै भारी वर्षा भएको विभागले जनाएको छ । “वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा भारी तथा थोरै ठाउँमा धेरै भारी पानी परेको छ,” विभागले भनेको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि थोरै ठाउँमा धेरै भारी पानी परेको विभागले जनाएको छ । “अझै पानी परिरहेको तथा उक्त प्रणाली पश्चिमतर्फ सरिरहेकोले कर्णाली र सुदूरपश्चिम प्रदेशमा थप पानी पर्ने सम्भावना रहेकोले विभागको पछिल्लो सूचनामा अद्यावधिक हुन अनुरोध छ,” विभागले भनेको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव छ । “हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिममा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको नजिक रहेको छ,” विभागले भनेको छ ।

r1-1786677175.jpg
पछिल्लो २४ घण्टामा भएको वर्षाको विवरण ।

कमेन्टहरु