यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु दिल्लीबाट नेपाल आइपुगे

नवलपुर टुडे


काठमाडौं । आध्यात्मिक गुरु सद्गुरु जग्गी वासुदेव आज दिल्लीबाट विशेष चार्टर उडानमार्फत नेपाल आइपुगेका छन् । उनको नेपाल आगमनका लागि यती एअरलाइन्सको एटीआर विमान आज नयाँ दिल्ली पुगेको थियो ।
सद्गुरुको नेपाल आगमनमा यती एअरलाइन्ससँगको चार्टर उडान सहकार्यले यस वर्ष पनि निरन्तरता पाएको छ । सद्गुरु हरेक वर्ष नेपाल भ्रमणमा आउँदा यती एअरलाइन्सको चार्टर सेवामार्फत यात्रा गर्दै आएका छन् । यस वर्ष पनि उनको नेपाल आगमनका लागि यती एअरलाइन्सको एटीआर विमानमार्फत विशेष उडान सञ्चालन गरिएको हो ।
सद्गुरुको नेपाल भ्रमणलाई उनका अनुयायी तथा आध्यात्मिक क्षेत्रका व्यक्तिहरूले विशेष चासोका साथ हेर्ने गरेका छन् । नेपालमा रहँदा उनले विभिन्न आध्यात्मिक कार्यक्रम तथा गतिविधिमा सहभागिता जनाउने कार्यक्रम रहेको छ । यती एअरलाइन्सले यात्रु सेवासँगै आवश्यकता र मागअनुसार विशेष तथा चार्टर उडान सेवा पनि सञ्चालन गर्दै आएको छ ।
देश तथा विदेशका विभिन्न गन्तव्यमा चार्टर उडानमार्फत सेवा प्रदान गर्दै आएको यती एअरलाइन्सले विशेष व्यक्तित्व, संस्थागत तथा समूहगत यात्राका लागि पनि सुरक्षित, भरपर्दो र सुविधाजनक हवाई सेवा उपलब्ध गराउँदै आएको छ ।

बाढी प्रभावित बालबालिकाको संरक्षणमा सघाउन आह्वान

एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी

मधेस प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

पाकेको बाली समयमै भित्र्याउन हात्ती प्रभावित किसानलाई आग्रह

भारतको मणिपुरमा सवारीसाधनमाथि गोली प्रहार, चार जनाको मृत्यु
अरुपनि पढ्नुहोस
सबै
बडिमालिका संरक्षण, प्रवर्द्धन तथा पर्यटन विकास र समृद्धिको साझा प्रतिबद्धता

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

रामेछापको विकास र समृद्धिलाई खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड
















