सुनको मूल्यमा वृद्धि

रासस
२०८३ साउन २६ | मध्यान्ह ०१:०४ बजे

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा सुनको मूल्य तोलामा ६ हजार ४०० ले बढेको छ भने चाँदी ११० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला तीन लाख सात हजार नौ सय र चाँदीको मूल्य चार हजार सात सय ८० प्रतितोला कायम भएको छ ।
सोमबार छापावाला सुन प्रतितोला तीन लाख एक हजार पाँच सय र चाँदीको मूल्य चार हजार ६७० कायम थियो





















