तुलसीपुर उपमहानगरले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेन

रासस
२०८३ साउन १९ | मध्यान्ह ०५:०४ बजे

दाङ । तुलसीपुर उपमहानगरपालिकाले लक्ष्य अनुसारको राजस्व असुली गर्न सकेको छैन।
आर्थिक वर्ष २०८२/८३ मा उक्त नगरपालिकाले रु ७२ करोड १५ लाख राजस्व जम्मा गर्ने लक्ष्य राखेको थियो। गत भदौ २३ र २४ को जेनजी आन्दोलनमा उपमहानगरपालिकाको भवन जलेर क्षतिग्रस्त भएपछि लक्ष्य अनुसारको राजस्व जम्मा हुन कठिन भएको सूचना अधिकारी यज्ञबहादुर केसीले बताए।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा उपमहानगरपालिकाले रु ३६ करोड ७१ लाख राजस्व सङ्कलन गरेको थियो । उपमहानगरले सरसफाइ, पर्यटन, नक्सा पास, व्यवसाय, घर बहाल, सम्पत्ति करलगायत शीर्षकबाट राजस्व सङ्कलन गर्दै आएको छ।






















