मगर विद्यार्थी संघको १३ औ महाधिवेशन हेटौडामा


बागलुङ । नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समिति ,काठमाडौको १३ महाधिवेशन मकवानुपर जिल्लाको हेटौडामा हुने भएको जानकारी नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिका सदस्य तथा महिला विभाग प्रमुख रुयासा थापा मगरले जानकारी दिनुभयो । सम्पुर्ण मगर विद्यार्थी एक होऔ, शैक्षिक जागरण फैलाऔ भन्ने मुल नाराका साथ हुन गै रहेको १३ औ राष्ट्रिय महाधिवेशन २०८३ साल फागुन २३ र २४ गते आयोजना गर्न लागिएको विस्तारित भेला मार्फत भएको जानकारी प्राप्त भएको छ ।
विस्तारित भेलामा अनुसन्धान तथा आइटी विभाग एवं स्वयसेवक विभाग थप गर्ने, प्रचारप्रसार विभाग र संचार विभागलाई मर्ज गरी प्र्रचार विभाग बनाउने,तथ्यांक विभागको प्रावधान हटाउने, महिला विभाग प्रमुखमा स्वत महिला उपाध्याक्ष रहने प्रावधान प्रस्ताव पारित गरेको छ । त्यसै मगर विद्यार्थी संघको विशेष महाधिवेशन प्रावधान राख्ने र केन्द्रिय समितिको दुई तिहाई बहुमतले र सात वटै प्रदेश अध्यक्षहरुको दुई तिहाई बहुमतले माग गर्न सक्ने प्रस्ताव गरीएको छ ।
त्यसैगरी मगर विद्यार्थी संघको माध्यमिक तथा पालिका एवं क्याम्पस समितिहरुको असोज मसान्त भित्र, विश्वविद्यालय र जिल्ला समितिहरुको पौष मसान्त भित्र र प्रदेश समितिहरुको माघ मसान्त त्रि अधिवेशन सम्पन्न गरी सक्नु पर्ने कार्ययोजना पारित गरेको छ ।
त्यसैगरी सचिव सख्या ३ थप गरि सात जना सचिवहरु रहने र प्रदेश इन्र्चाज गरी ७ सचिवहरु रहने प्रस्ताव समेत गरेकोछ ।
नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिले १३ औ महाधिवेशनलाई भव्य र सभ्य रुपमा सपन्न गर्नको लागि आर्थिक,भौतिक,नैतिक र प्रचार प्रसार गरेर सहयोग गर्नको लागि सबै महानुभावहरुलाई अपिल समेत गरेको छ ।




















