समाचार

झैझगडामा संलग्न एकजना पक्राउ

रासस
२०८३ साउन १६ | मध्यान्ह ०६:०४ बजे

वीरगन्ज । झैझगडामा संलग्न आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पर्साको वीरगन्ज महानगरपालिका–२ का १८ वर्षीय समीर अन्सारीले विगतको व्यक्तिगत विवादको विषयमा झैझगडा गरेका भन्दै प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, अन्सारीले वीरगन्ज–१६, इनरुवागाउँका १८ वर्षीय रञ्जित यादवमाथि हातपात गरेका थिए । ओठ तथा नाकमा चोट लागेर यादव घाइते छन् । अन्सारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए ।

प्रभु अस्पतालमा यादवको उपचार भइरहेको छ ।

उक्त घटनामा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिई सूक्ष्म अनुसन्धान गरिरहेको अवस्थामा विभिन्न सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सामाजिक सद्‌भाव बिथोल्ने किसिमका समाचार सम्प्रेषण भइरहेको विषयमा गम्भीर ध्यानाकर्षण भएको पनि प्रहरीले जनाएको छ । रासस

कमेन्टहरु