अपेक्षाभन्दा कमजोर गतिमा बढ्यो अमेरिकी अर्थतन्त्र

एजेन्सी


वासिङ्टन डीसी । विश्वको सबैभन्दा ठुलो अर्थतन्त्र अमेरिकाको आर्थिक वृद्धिदर अपेक्षाकृत कमजोर देखिएको छ । सन् २०२६ को दोस्रो त्रैमासिक अवधिमा अमेरिकी आर्थिक वृद्धिदर अपेक्षाभन्दा कमजोर देखिएको छ । कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उपकरणहरूको आयात बढ्दा व्यापार घाटा फराकिलो बनेको र त्यसले आर्थिक वृद्धिमा दबाब परेको विश्लेषण गरिएको छ ।
अमेरिकी कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अप्रिलदेखि जुनसम्म वार्षिक आधारमा १ दशमलव ५ प्रतिशतले बढेको छ । वृद्धिको यो दर अघिल्लो त्रैमासिकको २ दशमलव १ प्रतिशत वृद्धिभन्दा कम हो । सो अवधिमा अर्थतन्त्र करिब २.१ प्रतिशतले बढ्ने अर्थशास्त्रीहरूले गरेका थिए ।
अर्थतन्त्रको मुख्य आधार मानिने उपभोक्ता खर्च भने उल्लेखनीय रूपमा बढेको छ । दोस्रो त्रैमासिकमा उपभोक्ता खर्च वार्षिक आधारमा ३ दशमलव २ प्रतिशत ले बढेको छ, जबकि पहिलो त्रैमासिकमा यो वृद्धि शून्य दशमलव ५ प्रतिशत मात्र थियो । यसले करिब एक वर्षयताकै सबैभन्दा तीव्र वृद्धि जनाउनुका साथै दोस्रो त्रैमासिकको आर्थिक वृद्धिमा सबैभन्दा ठुलो योगदान दिएको छ ।
समीक्षा अवधिमा व्यावसायिक लगानी पनि मजबुत रहे पनि अघिल्लो त्रैमासको तुलनामा सुस्ताएको छ । जुन त्रैमासमा व्यवसायी लगानी ८ दशमलव ४ प्रतिशतले बढेको छ । अघिल्लो त्रैमासमा यो दर १० दशमलव ६ प्रतिशत थियो । विश्लेषकहरूका अनुसार बलियो रोजगारी बजार, शेयर बजारको वृद्धि, बढी कर फिर्ता र बचतले अमेरिकी उपभोक्ताको खर्च गर्ने क्षमता कायम राखेको छ ।
इरानसँगको युद्धका कारण अमेरिकामा इन्धनको भाउ बढ्दा महँगीमा दबाब परेको र उपभोक्ता तथा व्यवसायलाई भविष्यको योजना बनाउन कठिन भएको विश्लेषकहरूले बताएका छन् । यद्यपि, जुन महिनामा मुद्रास्फीति केही घटेकाले हालका लागि तलब वृद्धिले महँगीको प्रभावलाई केही हदसम्म सन्तुलन गरिरहेको जनाइएको छ ।

मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन : डोनाल्ड ट्रम्प

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत

राष्ट्र बैंकको टक्सार महाशाखाबाट सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गरिँदै

गुल्मीमा भिरबाट लडेर महिलाको मृत्यु
अरुपनि पढ्नुहोस
सबै
बारामा घाँस काट्ने क्रममा लडेर एक वृद्धको मृत्यु

बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

मंसिरमा पाँच दिने ‘बुटवल खाना महोत्सव’ हुने

नेपाल संवत्को पूर्वसन्ध्यामा कांग्रेसले ‘सुकुन्दा र्याली’ आयोजना गर्ने
















