रुबियो र लाभरोभबिच भेटवार्ता : इरान र युक्रेन युद्धबारे महत्त्वपूर्ण छलफल

एजेन्सी


मनिला । अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रुसी विदेशमन्त्री सेर्गेई लाभरोभबिच भेटवार्ता भएको छ । फिलिपिन्सको राजधानी मनिलामा आयोजित आसियान विदेश मन्त्रीहरूको शिखर बैठकको अवसरमा उनीहरूबिच बिहीबार भेटवार्ता भएको हो । अमेरिका–रुस सम्बन्ध तनावपूर्ण रहेका बेला भएको यो भेटमा युक्रेन युद्ध, इरानसँगको बढ्दो द्वन्द्व तथा सम्भावित सहकार्यका विषयमा छलफल भएको बताइएको छ ।
भेटअघि बुधबार पत्रकारहरूले रुबियोलाई लाभरोभसँगको छलफलमा युक्रेन युद्धको विषय उठाउने कि नउठाउने भनेर सोधेका थिए । त्यसको जवाफमा उनले लाभरोभमाथि दबाब दिनेभन्दा पनि युद्धबारे गम्भीर छलफल गर्ने बताएका थिए ।
रुबियोका अनुसार युक्रेन युद्धका कारण अमेरिका र रुसबिच अन्य धेरै विषयमा सहकार्यको सम्भावना प्रभावित भएको छ । तर त्यसको अर्थ दुवै देशले अन्य क्षेत्रमा सहकार्य खोज्ने प्रयास बन्द गर्ने भन्ने होइन । अमेरिकाले युक्रेन युद्धको अन्त्य चाहेको दोहोर्याउँदै यस विषयलाई भेटवार्तामा उठाइने उनले बताएका थिए ।
साथै,अहिले परिस्थितिमा केही परिवर्तन आएको हुनसक्ने र त्यसले शान्ति वार्ताका लागि नयाँ अवसर सिर्जना गर्न सक्ने सम्भावनाबारे पनि छलफल गरिने पनि उल्लेख गरेका थिए । रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाले खेलिरहेको भूमिकाबारे सोधिएको प्रश्नमा रुबियोले अहिले नयाँ परिस्थिति बनेको हुन सक्ने र त्यसबारे लाभरोभसँग विस्तृत रूपमा छलफल गर्ने बताएका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२३ र २०२४ को चुनावी अभियानका क्रममा आफू पुनः ह्वाइट हाउस फर्किएपछि २४ घण्टाभित्र वा त्यसभन्दा छिट्टै युक्रेन युद्ध अन्त्य गर्ने दाबी गरेका थिए । तर दोस्रो कार्यकाल सुरु भएको ५०० दिनभन्दा बढी बितिसक्दा पनि युद्ध जारी छ र शान्ति वार्तामा उल्लेखनीय प्रगति हुन सकेको छैन ।
उता, अमेरिका र इरानबिचको सैन्य तनाव पनि फेरि चर्किएको छ । पछिल्ला दिनहरूमा दुवै पक्षबिच लगातार हवाई आक्रमण र प्रतिआक्रमण भइरहेका छन्, जसले मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बनाएको छ ।

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह
अरुपनि पढ्नुहोस
सबै
जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन

हङकङका लोकतन्त्रवादी अभियन्ता जोसुवा वङलाई १० वर्षको जेल सजाय

‘पैसा डबल’ गर्ने भन्दै ठगी गर्ने रजक पुनः पक्राउ

रौतहटको डुमरियामा दुई यात्रुबाहक बसबाट भन्सार छलीका सामान बरामद, मूल्य २ लाख २२ हजारभन्दा बढी
















