लागुऔषधसहित २५ जना पक्राउ

रासस
२०८३ असार ३२ | मध्यान्ह ०३:०३ बजे

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २५ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरी र कैलालीबाट छ/छ, झापा र मोरङबाट तीन/तीन, नुवाकोट, सुर्खेत र स्याङ्जाबाट दुई/दुई र सिरहाबाट एक जना पक्राउ परेका हुन् ।


















