समाज

विजयनगर गाउँपालिकाद्वारा दलित तथा अन्य समुदायलाई परम्परागत जीविकोपार्जन व्यवसायमा सहयोग

नन्द किशोर कुर्मी (लालु)
२०८३ असार २३ | मध्यान्ह ०५:०३ बजे

विजयनगर गाउँपालिका अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा दलित तथा अन्य समुदायका लाभग्राहीलाई परम्परागत जीविकोपार्जन व्यवसाय प्रवर्द्धनका लागि आवश्यक सामग्री हस्तान्तरण गरिएको छ।

कार्यक्रममार्फत लाभग्राहीहरूलाई आफ्नो परम्परागत पेशा तथा व्यवसायलाई निरन्तरता दिन र आर्थिक रूपमा आत्मनिर्भर बन्न सहयोग पुग्ने उद्देश्यले विभिन्न व्यवसायिक सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ।

यस प्रकारका कार्यक्रमले स्थानीय समुदायको आयआर्जन वृद्धि, सीपको संरक्षण तथा स्वरोजगार प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

कमेन्टहरु