तनहुँका दुई स्थानीय तहको बजेट पारित

रासस
२०८३ असार २२ | मध्यान्ह ०६:०३ बजे

तनहुँ । बन्दीपुर र म्याग्दे गाउँपालिकाले गाउँसभाबाट आर्थिक वर्ष (आव) २०८३/८४ का लागि प्रस्ताव गरिएको बजेट पारित गरेका छन् ।
बन्दीपुर गाउँपालिकाले रु ६८ करोड ७८ लाख ८० हजार ८४९ को र म्याग्दे गाउँपालिकाले रु ७४ करोड ३२ लाख ७८ हजारको बजेट पारित गरेको हो ।बन्दीपुर गाउँपालिकाका उपाध्यक्ष पञ्चमाया गुरुङ र म्याग्दे गाँउपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गत असार १० गते बजेट प्रस्तुत गरेका थिए ।


















