परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत

रासस


भक्तपुर । राष्ट्रिय युवा परिषद्ले ६ जना उत्कृष्ट सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसायीलाई जनही रु दुई लाखसहित पुरस्कृत गरेको छ । उक्त पुरस्कारबाट यार्सा टेक प्रालि पोखराकी सविता शर्मा, सात्भिका भान्साघर कैलालीकी महेश्वरीकुमारी सिंह, ई–कागजपत्र प्रालि ललितपुरका निकेश सिंह, सकल बायो इञ्जाइम नेपाल ललितपुरकी सरला महर्जन, भर्मिकाउ अर्गानिक्स कैलालीका आयुश अवस्थी र डियर सर ‘होम ट्युसन’ प्रालि काठमाडौँका रविकिरण श्रेष्ठ पुरस्कृत भएका हुन् ।
परिषद्का प्रशासकीय प्रमुख गेहनाथ गौतमले युवा उद्यमीका नवीनतम् सोच, सीप र उद्यम कार्यलाई प्रोत्साहित गर्ने उद्देश्यले सम्मानस्वरुप ६ जनालाई पुरस्कृत गरिएको बताए । पुरस्कार वितरण कार्यक्रममा युवा, श्रम तथा रोजगार मन्त्रालयका सहसचिव हेमराज तामाङ, परिषद्का पूर्वउपाध्यक्ष सुरेन्द्र बस्नेतलगायतले मुलुकको समृद्धिका लागि ‘स्टार्टअप’ व्यवसाय तथा उद्यमप्रति आकर्षण बढाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा आवेदन दिएका मध्येबाट १५ वटा व्यवसायी छनोट गरी शुक्रबार कार्यालय हाताभित्र सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसाय प्रदर्शनी गरिएको थियो ।

चितवन राइनोजले प्रस्तुत गर्यो सुदूरपश्चिम रोयल्सविरुद्ध १३० रनको लक्ष्य

चितवनमा बागमती प्रदेश स्तरीय सितोरियो कराते दिक्षान्तमा समारोह सम्पन्न

बुद्ध एयरको उडान ढिलाइ हुँदा राजविराज विमानस्थलमा यात्रु चार घण्टादेखि प्रतीक्षामा

भारतको उत्तर प्रदेशमा सडक दुर्घटनामा ६ जनाको मृत्यु, दुई घाइते

प्रेस युनियन रुपन्देहीद्वारा शुभ दीपावली, नेपाल संवत् र छठ पर्वको शुभकामना आदान–प्रदान
अरुपनि पढ्नुहोस
सबै
चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

प्रेस स्वतन्त्रता कुण्ठित गर्ने काम रोक्न फोनिजको माग, १३ बुँदे सप्तरी घोषणापत्र जारी

भारतमा सडक निर्माणका क्रममा करेन्ट लागेर ८ मजदुरको मृत्यु

कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना
















