पत्रकार खेम भण्डारी पक्राउ

नवलपुर टुडे


कञ्चनपुर। कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। कञ्चनपुर जिल्ला अदालतको फैसला कार्यान्वयनका क्रममा जिल्ला प्रहरी कार्यालयको टोलीले उनलाई बिहीबार बिहान भीमदत्त नगरपालिका–१८ कटानबाट नियन्त्रणमा लिएको हो।
कञ्चनपुर जिल्ला अदालतले १ जेठ २०८२ मा निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणसँग जोडिएको एक गाली बेइज्जती मुद्दामा भण्डारीलाई दोषी ठहर गरेको थियो। जिल्ला अदालतका न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले उनलाई उक्त कसुरमा एक महिना कैद सजाय सुनाएको थियो।
कैदका साथै उनलाई १० हजार रुपैयाँ जरिवाना र एक लाख रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला समेत अदालतले गरेको थियो। यो मुद्दा निर्मला पन्त प्रकरणसँग जोडिएको छ। उक्त घटनामा तथ्यहीन रूपमा आफ्नो नाम जोडेर समाचार लेखेको भन्दै कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज बिष्टका छोरा किरण बिष्टले भण्डारी विरुद्ध मुद्दा दायर गरेका थिए। मुद्दा दायर गर्ने किरण बिष्ट स्वयं पनि पत्रकार हुन् र उनी राष्ट्रिय समाचार समितिमा कार्यरत छन्।
२०७५ साउन १० गते साथीको घरमा पढ्न जान्छु भनी निस्केकी भीमदत्त नगरपालिकाकी निर्मला पन्त भोलिपल्ट निम्बुखेडा खोला किनारको उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन्। बलात्कारपछि हत्या गरिएको भनिएको यस बहुचर्चित प्रकरणका वास्तविक आरोपी भने अझैसम्म पहिचान हुन सकेका छैनन्।

बाढी प्रभावित बालबालिकाको संरक्षणमा सघाउन आह्वान

एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी

मधेस प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

पाकेको बाली समयमै भित्र्याउन हात्ती प्रभावित किसानलाई आग्रह

भारतको मणिपुरमा सवारीसाधनमाथि गोली प्रहार, चार जनाको मृत्यु
अरुपनि पढ्नुहोस
सबै
बडिमालिका संरक्षण, प्रवर्द्धन तथा पर्यटन विकास र समृद्धिको साझा प्रतिबद्धता

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

रामेछापको विकास र समृद्धिलाई खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड
















