फिफा विश्वकप : बेल्जियमको रोमाञ्चक जित, सेनेगल प्रतियोगिताबाट बाहिरियो

नवलपुर टुडे


काठमाडौ । सन् २०२६ को फिफा विश्वकप अन्तर्गत भएको निकै रोमान्चक तथा प्रतिस्पर्धात्मक खेलमा बेल्जियमले सेनेगलमाथि ३-२ को रोमाञ्चक जित दर्ता गरेको छ।अतिरिक्त समयको पनि अन्तिम क्षणमा युरी टिलेमान्सले पेनाल्टीमार्फत गोल गरेपछि बेल्जियम पराजयको नजिक पुगेर पनि उत्कृष्ट पुनरागमन गर्दै खेल जित्न सफल भएको हो।
खेल पेनाल्टी सुटआउटतर्फ धकेलिने निश्चित जस्तै देखिएका बेला सेनेगलका लामिन कामाराले बक्सभित्र टिलेमान्सलाई लडाएपछि बेल्जियमले पेनाल्टीको अवसर पाएको थियो, जसलाई टिलेमान्सले सहजै गोलमा परिणत गरे। यसअघि निर्धारित समयमा सेनेगलले खेलमा बलियो पकड बनाएको थियो। सेनेगलका लागि हबिब दियारा र इस्माइला सारले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
तर, खेलको उत्तरार्धमा बेल्जियमले अप्रत्याशित रूपमा खेललाई आफ्नो पक्षमा पार्यो। रोमेलु लुकाकुले उत्कृष्ट फ्लिकमार्फत गोल गर्दै बेल्जियमलाई खेलमा फर्काउने संकेत गरे भने खेल सकिनै लाग्दा टिलेमान्सले हेडमार्फत गोल गर्दै खेललाई अतिरिक्त समयमा पुर्याएका थिए। यस रोमाञ्चक जितसँगै बेल्जियम प्रतियोगिताको अन्तिम १६ (राउन्ड अफ १६) मा प्रवेश गर्न सफल भएको छ।
अब क्वाटरफाइनल प्रवेशका लागि बेल्जियमले संयुक्त राज्य अमेरिका वा बोस्निया र हर्जगोभिनामध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ। पराजयसँगै अफ्रिकी पावरहाउस सेनेगलको विश्वकप यात्रा भने निराशाजनक रूपमा समाप्त भएको छ।

विशेष गाउँसभाबाट थप बजेट विनियोजन

जलपर्यटन व्यवसायमा सावधानी अपनाउन आग्रह

बालविवाह रोक्न कानुनसँगै सामाजिक सोच परिवर्तनमा जोड

गण्डकी र कोसी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

तिहारमा आगलागी जोखिम न्यूनीकरण गर्न सशस्त्र प्रहरीको पूर्वतयारी अभ्यास
अरुपनि पढ्नुहोस
सबै
सडकको कष्टदेखि आत्मीयताको छहारीसम्म …

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

अक्टोबरसम्म ३० हजारभन्दा बढी विदेशी पर्यटक मनाङमा, भारतीयको सङ्ख्या सबैभन्दा धेरै

बुद्धिचालमा रुलेश र आशिशको संयुक्त अग्रता
















