मुख्य समाचार, शिक्षा, समाचार, सुदुरपश्चिम प्रदेश

बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन अभियानमा हिमाली

उमेश रोकाया
२०८३ असार १६ | मध्यान्ह ०४:०३ बजे

बाजुरा, असार १६ । बाजुरा जिल्ला हिमाली गाउँपालिकाका विधालय बाहिर रहेका बालबालिकालाई अनिवार्य तथा नि:शुल्क शिक्षा गराउनु पर्छ भन्ने अभियानमा हिमाली गाउँपालिका लागिपरेको छ ।

हिमाली गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा आयोजना पालिका भरी सबै वडामा गाउँमा पुगेर वडाका जनप्रतिनिधि, विधालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, प्रधानाध्यापक र राजनीतिक दल संग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेका हिमाली गाउँपालिका विधालय निरीक्षक परम पाण्डेले बताएका छन ।

पालिका भित्र १४ वर्ष मुनिका सबै बालबालिकालाई पढाई छोडेर बाहिर बसिरहेका विद्यार्थीहरुलाई अनिवार्य तथा नि:शुल्क शिक्षा र विधालय पठाउने भनेर प्रत्येक गाउँ घरमा सूचना गर्न आग्रह गरेका छन । आधारभूत तहमा शिक्षा सम्पूर्ण बालबालिका सुनिश्चित गर्नका लागि यो पटक नियमित सबै वडाका अभियान सञ्चालन गरेका छौँ ।

आधारभूत तहमा शिक्षा अनिवार्य लिन होला भनेर गाउँ टोलमा सूचना गराउन भनिएको छ । हिमाली गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका र विद्यालय जानबाट वञ्चित भएका सम्पूर्ण बालबालिकाहरूलाई विद्यालयको पहुँचमा ल्याउन विशेष अभियान सुरु गरेको छ। “कोही नछुटून्, भन्ने मूल नाराका साथ गाउँपालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चित गर्न तीव्र रूपमा लागिपरेको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन।

कमेन्टहरु