मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

जन्मदिनको अवसरमा बोहरा द्वारा गुरुकुल विद्यापिठ बालबालिकालाई स्टेसनरी सामाग्री सहयोग

उमेश रोकाया
२०८३ असार १५ | मध्यान्ह १०:०३ बजे

बाजुरा, असार १५ । बाजुरा जिल्ला जगन्नाथ गाउँपालिका-१ पिलुचौरमा रहेकोे वैदिक सनातन गुरुकुल विद्यापिठ बालबालिकालाई जन्मदिनको अवसरमा स्टेसनरी सामाग्री सहयोग गरिएको छ ।

बुढिनन्दा नगरपालिका -१० का युवा केशर कुमार बोहरा आफ्नो जन्मदिनको अवसरमा वैदिक सनातन गुरुकुल विद्यापिठ २३ जना बालबालिकालागि स्टेसनरी सामाग्री र दछिना स्वरुप पैसा सहयोग गर्नुभएको छ । प्रत्येक वर्ष आफ्नो जन्मदिनको अवसरमा विभिन्न क्षेत्रमा सहयोग गर्ने गरेका छन ।

जन्मदिनको अवसरमा फर्चुल खर्च नगरे बोहरा वैदिक सनातन गुरुकुल विद्यापिठ गएर सानोतिनो भएपनि सहयोग गर्न पाउँद निकै खुशी भएको बोहराले बताउनुभयो । यो भन्दा तीन सालदेखि जन्मदिनको अवसरमा सानोतिनो सहयोग कार्यक्रम निरन्तरता दिएर यो पटक पनि सहयोग गरेको हो ।

जन्मदिनको विशेष अवसरमा प्रत्यक्ष, अप्रत्यक्ष तथा सामाजिक सञ्जाल, फोन लगायत विभिन्न माध्यमबाट शुभकामना व्यक्त गर्नुहुने सम्पुर्ण आफन्त, साथीभाइ तथा शुभेच्छुक व्यक्तित्व प्रति हार्दिक आभार तथा धन्यवाद गिएका छन ।

कमेन्टहरु