समाज

सिमरामा आदिवासी पत्रकारहरूको क्षमता अभिवृद्धि सम्बन्धी प्रदेशस्तरीय कार्यशाला सम्पन्न

नवलपुर टुडे
२०८३ असार १३ | मध्यान्ह ०५:०३ बजे

सिमरा, बारा, असार १३। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आयोजनामा “नेपाल वन उपयोग, व्यवस्थापन अधिकार तथा प्राकृतिक स्रोत सुशासनमा आदिवासी पत्रकारहरूको क्षमता अभिवृद्धि” विषयक दुई दिने प्रदेशस्तरीय कार्यशाला सिमरास्थित क्लासिक होटल मा सुरु भएको छ।

असार १३ र १४ गते सञ्चालन हुने उक्त कार्यशालाको उद्देश्य वन उपयोग, व्यवस्थापन अधिकार, प्राकृतिक स्रोतको संरक्षण तथा सुशासनका विषयमा आदिवासी पत्रकारहरूको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ।

कार्यशालामा मधेश प्रदेशका विभिन्न जिल्लाबाट सहभागी भएका आदिवासी पत्रकारहरूलाई वन व्यवस्थापन, प्राकृतिक स्रोतमा समुदायको अधिकार, वातावरण संरक्षण, सुशासन तथा यी विषयलाई प्रभावकारी रूपमा सञ्चार माध्यममार्फत उजागर गर्ने विषयमा प्रशिक्षण प्रदान गरिनेछ। साथै सहभागीहरूबीच अनुभव आदानप्रदान र समसामयिक विषयमा अन्तरक्रियासमेत हुनेछ।

कार्यक्रमलाई डीजीएम नेपाल (DGM Nepal), क्लाइमेट इन्भेष्टमेन्ट फन्ड (CIF), विश्व बैंक (The Worldह Bank) तथा वन तथा वातावरण मन्त्रालय अन्तर्गतको रेड कार्यान्वयन केन्द्र को सहयोग रहेको छ।

आयोजकका अनुसार यस प्रकारका क्षमता अभिवृद्धि कार्यक्रमले आदिवासी पत्रकारहरूलाई प्राकृतिक स्रोत, वन व्यवस्थापन र सुशासनका विषयमा तथ्यपरक तथा जिम्मेवार पत्रकारिता गर्न थप सक्षम बनाउने विश्वास व्यक्त गरिएको छ।

कमेन्टहरु