प्रबास

‘डिजिटल सर्भिस ट्याक्स’ विवाद: युरोपबाट आउने सामानमा शतप्रतिशत कर लगाउने ट्रम्पको उद्घोष

एजेन्सी
२०८३ असार १३ | मध्यान्ह ०४:०३ बजे

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिग्गज अमेरिकी प्रविधि कम्पनीहरूमाथि ‘डिजिटल सर्भिस ट्याक्स’ (डिजिटल सेवा कर) लगाउने सबै युरोपेली देशहरूविरुद्ध कडा कदम चाल्ने धम्की दिएका छन्। उनले त्यस्ता कर लागू गर्ने देशहरूबाट अमेरिका आयात हुने सम्पूर्ण सामानमा १०० प्रतिशत भन्सार महसुल लगाउने चेतावनी दिएका हुन्।

आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेख्दै राष्ट्रपति ट्रम्पले धेरै युरोपेली देशहरू यस्तो कर लागू गर्ने विचार गरिरहेको र केही देशहरू त यसलाई कार्यान्वयन गर्ने अन्तिम चरणमा पुगिसकेको उल्लेख गरेका छन्। उनले सजाय स्वरूप अमेरिकाले तत्कालै भन्सार महसुल बढाउने र हाल कायम रहेका जुनसुकै द्विपक्षीय व्यापार सम्झौताहरूलाई समेत पूर्ण रूपमा ‘खारेज’ गरिदिने चेतावनी दिएका छन्।

ट्रम्पले आफ्नो पोस्टमा लेखेका छन्, ‘कृपया मेरो यस बयानलाई यसरी बुझियोस् कि यस्तो कर लगाउने जुनसुकै देशले तत्कालै अमेरिका पठाइने आफ्ना सम्पूर्ण सामानमा १०० प्रतिशत भन्सार महसुलको सामना गर्नुपर्नेछ।’

कमेन्टहरु