युद्धअघि कै स्तरमा झर्यो विश्व बजारमा कच्चा तेलको मूल्य

एजेन्सी


न्युयोर्क । विश्व बजारमा कच्चा तेलको मूल्य इरान युद्ध सुरु हुनुअघिको स्तरभन्दा तल झरेको छ । बुधवार बिहान ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल ७६ अमेरिकी डलरभन्दा तल झरेर करिब ७५ डलर ५० सेन्टसम्म आएको थियो, जुन फेब्रुअरी २७ यताकै सबैभन्दा न्यून स्तर हो ।
अमेरिकी तेलको मापदण्ड वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटीआई) को मूल्य पनि घटेर प्रति ब्यारेल ७२ डलर शून्य ३ डलर सम्म पुगेको बताइएको छ, जुन मार्च ३ पछिकै सबैभन्दा कम हो ।
बजार विश्लेषक टिम वाटरका अनुसार तेलको मूल्य घट्नुको मुख्य कारण इरानी तेल पुनः विश्व बजारमा आउन सक्ने सम्भावना र स्ट्रेट अफ होर्मुजा अवस्था सामान्य बन्दै जानु हो । उनका अनुसार यदि प्रतिबन्धहरू थप खुकुलो बनाइएमा इरानले ट्याङ्करहरूमा भण्डारण गरिएको ठुलो परिमाणको तेल केही साताभित्रै निर्यात गर्न सक्नेछ ।
युद्धका क्रममा इरानले प्रभावकारी रूपमा स्ट्रेट अफ होर्मुजमा आवागमन रोक लगाएपछि सयौँ तेल ट्याङ्कर र ११ हजारभन्दा बढी कर्मचारी फारसी खाडी क्षेत्रमा अलपत्र परेका छन् । युद्धअघि विश्वभर खपत हुने तेलको झन्डै २० प्रतिशत, अर्थात् दैनिक २ करोड ब्यारेल तेल यही जलमार्ग भएर ओसारपसार हुने गरेको थियो ।
हालै अमेरिका र इरानबिच भएको सहमतिपछि स्ट्रेट अफ होर्मुजबाट व्यावसायिक जहाजहरूको आवागमनलाई ६० दिनसम्म शुल्क रहित रूपमा सञ्चालन गर्न दिने व्यवस्था गरिएको छ । त्यसपछि यस क्षेत्रमा समुद्री यातायात उल्लेखनीय रूपमा बढेको छ र पहिले रोकिएका धेरै तेल ट्यांकरहरू पुनः बाहिरिन थालेका छन् ।

चितवन राइनोजले प्रस्तुत गर्यो सुदूरपश्चिम रोयल्सविरुद्ध १३० रनको लक्ष्य

चितवनमा बागमती प्रदेश स्तरीय सितोरियो कराते दिक्षान्तमा समारोह सम्पन्न

बुद्ध एयरको उडान ढिलाइ हुँदा राजविराज विमानस्थलमा यात्रु चार घण्टादेखि प्रतीक्षामा

भारतको उत्तर प्रदेशमा सडक दुर्घटनामा ६ जनाको मृत्यु, दुई घाइते

प्रेस युनियन रुपन्देहीद्वारा शुभ दीपावली, नेपाल संवत् र छठ पर्वको शुभकामना आदान–प्रदान
अरुपनि पढ्नुहोस
सबै
चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

प्रेस स्वतन्त्रता कुण्ठित गर्ने काम रोक्न फोनिजको माग, १३ बुँदे सप्तरी घोषणापत्र जारी

भारतमा सडक निर्माणका क्रममा करेन्ट लागेर ८ मजदुरको मृत्यु

कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना
















