अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बिदा

रासस


कैलाली । केही दिनदेखि गर्मी अत्यधिक बढेपछि धनगढी उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालय चार दिनका लागि बिदा दिने निर्णय गरेको छ ।
बढ्दो गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै उपमहानगरले सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन बिदा दिने निर्णय गरेको हो ।
गर्मीका कारण विद्यालयमा अध्ययनरत् विद्यार्थीहरूमा विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने सम्भावना रहेकाले त्यसको प्रतिकूल असरबाट बच्न र सुरक्षित रहन धनगढीभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा यही असार ९ गतेदेखि १२ गतेसम्म पठनपाठन स्थगित गर्ने निर्णय भएको उपमहानगरपालिका, शिक्षा शाखाद्वारा जारी सूचनामा उल्लेख छ ।
गर्मीका कारण विद्यार्थीहरूमा विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने जोखिम बढेकाले वर्षे तथा हिउँदे बिदाबाट मिलान हुने गरी बिदा व्यवस्था गरिएको जारी सूचनामा उल्लेख गरिएको छ ।
साथै, उपमहानगरले शिक्षक, विद्यार्थी र अभिभावकलाई गर्मी तथा लु (तातो हावा) बाट बच्नका लागि सावधानीका उपायहरू अवलम्बन गर्न पनि अनुरोध गरेको छ ।

चितवन राइनोजले प्रस्तुत गर्यो सुदूरपश्चिम रोयल्सविरुद्ध १३० रनको लक्ष्य

चितवनमा बागमती प्रदेश स्तरीय सितोरियो कराते दिक्षान्तमा समारोह सम्पन्न

बुद्ध एयरको उडान ढिलाइ हुँदा राजविराज विमानस्थलमा यात्रु चार घण्टादेखि प्रतीक्षामा

भारतको उत्तर प्रदेशमा सडक दुर्घटनामा ६ जनाको मृत्यु, दुई घाइते

प्रेस युनियन रुपन्देहीद्वारा शुभ दीपावली, नेपाल संवत् र छठ पर्वको शुभकामना आदान–प्रदान
अरुपनि पढ्नुहोस
सबै
चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

प्रेस स्वतन्त्रता कुण्ठित गर्ने काम रोक्न फोनिजको माग, १३ बुँदे सप्तरी घोषणापत्र जारी

भारतमा सडक निर्माणका क्रममा करेन्ट लागेर ८ मजदुरको मृत्यु

कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना
















