राजनीति

कर्णालीको आवाज केन्द्रसम्म पुर्‍याउन र समाधान गर्न अनिल बानियाको केन्द्रीय सदस्यमा उम्मेदवारी

तपेन्द्र एडी
२०८३ असार ८ | बिहान १०:०३ बजे

मुगु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी महाधिवेशनमा मुगु जिल्लाबाट पहिलोपटक केन्द्रीय सदस्य पदका लागि समाजसेवी तथा युवा नेतृत्वका रूपमा परिचित अनिल बानिया उम्मेदवार बनेका छन्। कर्णालीको दुर्गम भूगोलबाट उठेर  सेवा, जनसरोकारका विषय तथा युवाको आवाजलाई राष्ट्रिय स्तरमा पुर्याउने अभियानमा सक्रिय रहेका बानियाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेपछि कर्णाली प्रदेशभर चर्चा बढेको छ।

स्थानीय तहका समस्या, शिक्षा, स्वास्थ्य, रोजगारी तथा सुशासनका मुद्दालाई राष्ट्रिय नीतिमा समेट्न आफूले भूमिका खेल्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्। मुगु जिल्लाबाट राष्ट्रिय राजनीतिक नेतृत्व तहमा पुग्ने अवसर कम रहेको अवस्थामा बानियाको उम्मेदवारीलाई कर्णालीको प्रतिनिधित्वका रूपमा समेत हेरिएको छ।

स्थानीय युवादेखि समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूले उनको उम्मेदवारीलाई समर्थन गर्दै कर्णालीको आवाज केन्द्रसम्म पुर्याउन सक्षम नेतृत्वका रूपमा चित्रण गरेका छन्। बानिया लामो समयदेखि सामाजिक कार्य, जनचेतना अभिवृद्धि तथा नागरिकका समस्यालाई सार्वजनिक बहसमा ल्याउने अभियानमा सक्रिय रहँदै आएका छन्। उनको उम्मेदवारीले कर्णालीका युवाहरूलाई राष्ट्रिय राजनीतिमा सहभागिता बढाउन प्रेरणा मिल्ने विश्वास गरिएको छ।

कमेन्टहरु