विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

नवलपुर टुडे


काठमाडौँ, असार ५ । फिफा विश्वकप फुटबल २०२६ प्रतियोगिताअन्तर्गत समूह चरणको दोस्रो राउन्डको पहिलो खेलमा चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकिएको छ ।
अमेरिकाको एटलान्ट स्टेडियममा आज भएको समूह ‘ए’को खेलमा अग्रता जोगाउन नसक्दा चेक रिपब्लिक दक्षिण अफ्रिकासँग १–१ गोलको बराबरीमा रोकिएको हो । खेलको छैटौँ मिनेटमा चेक रिपब्लिकका मिचल सादिलेकले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए ।
त्यसपछि खेलको ८३औँ मिनेटमा पेनाल्टीमार्फत दक्षिण कोरियाले एक गोल फर्कायो । खेलको ८३औँ मिनेटमा डिबक्सभित्र चेक रिपब्लिकका खेलाडीको हातले बललाई छोएपछि दक्षिण अफ्रिकाले पेनाल्टी पाएको थियो । सोही अवसरलाई सदुपयोग गर्दै दक्षिण अफ्रिकाका खेलाडी तेबोहो मोकोनाले गोल गरे ।
आजै हुने समूह ‘ए’को अर्को खेल मेक्सिको र दक्षिण कोरियाबिच हुनेछ । उक्त खेल नेपाली समयअनुसार राति १२ः४५ बजेबाट सुरु हुनेछ ।

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह

जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन

हङकङका लोकतन्त्रवादी अभियन्ता जोसुवा वङलाई १० वर्षको जेल सजाय

‘पैसा डबल’ गर्ने भन्दै ठगी गर्ने रजक पुनः पक्राउ
अरुपनि पढ्नुहोस
सबै
रौतहटको डुमरियामा दुई यात्रुबाहक बसबाट भन्सार छलीका सामान बरामद, मूल्य २ लाख २२ हजारभन्दा बढी

वायु प्रदूषण जोखिम कम गर्न काठमाडौँ महानगरको आग्रह

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो
















