यमनको सैन्य शिविरमा विस्फोट, १२ जना सैनिकको मृत्यु

रासस
२०८३ जेष्ठ २८ | मध्यान्ह ०६:०२ बजे

काठमाडाैँ। यमनको दक्षिणी बन्दरगाह शहर एडेनको सैन्य शिविरमा बिहीबार भएको शक्तिशाली विस्फोटका कारण १२ जना सैनिकको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ।
एक सुरक्षा अधिकारीले नाम न छाप्ने सर्तमा एडनको अल–मिम्दाराह क्षेत्रमा सरकार समर्थक जायन्ट्स ब्रिगेडद्वारा सञ्चालित शिविरमा विस्फोट भएको बताएका छन्।
प्रत्यक्षदर्शीहरूले शिविरबाट आगो र बाक्लो धुवाँ निस्किएको त्यसपछि लगातार विस्फोट भएको रिपोर्ट गरेका छन्।घटनाको बारेमा अहिलेसम्म कुनै आधिकारिक सुचना जारी गरिएको छैन। क्षतिको परिमाणको विवरण पनि उपलब्ध गरिएको छैन।
























