हुम्लीले रानिसैनमा भोटे समुदायका भेडी गोठ र पालमा आगजनी

उमेश रोकाया


बाजुरा, जेठ २६ । हुम्ला क्षेत्रका बासिन्दाले बाजुराको हिमाली गाउँपालिका–३ स्थित रानीसैन क्षेत्रबाट भोटे समुदायलाई धपाउनुका साथै गोठमा आगजनी गरेको पाइएको छ । रानीसैन नजिकै लाम्पाटा क्षेत्रमा दुई हप्ता अगाडि भएको कुटपिट तथा दुर्व्यवहारकाे घटना साम्य नहुँदै पुनः रानीसैन क्षेत्रमा तनाव बढेको छ । स्थानीय भोटे समुदायका अनुसार पछिल्लो घटनामा हुम्ला पक्षबाट आएका व्यक्तिहरूले रानीसैन क्षेत्रमा अस्थायी रुपमा भेडा चराउन बसोबास गर्दै आएका बाजुराका भोटे समुदायलाई लखेट्नुका साथै उनीहरूका भेडीगोठ आगजनी गरेका छन् ।
भोटे जनजाति महासंघ केन्द्रिय अध्यक्ष जनक भण्डारीका अनुसार रानिसैनमा भोटे समुदायले प्रयोग गर्दै आएका मोबाइल फोनसमेत खोसेर लगिदिने गरेको बताए । जनजाति समुदायका ३५ बढी परिवार रानिसैनमा परिवार र भेडा, घोडा सहित लगेर पुगेका थिए । हुम्लाबाट आएका स्थानियले यो हुम्लाको क्षेत्र भन्दै उनीहरुलाई त्यो ठाउँबाट धपाएका छन् । उनीहरुलाई रानिसैन तालबाट आएको खोला भन्दा पारि धपाएका छन् ।
उनीहरुलाई रानिसैनबाट लखटनुका साथै भेडीगोठमा आगजनी समेत गरेका छन् । अस्थायी रुपमा बसोबासका लागि प्रयोग गर्दै आएका अस्थायी बासस्थान जलाउनुका साथै अमानविय व्यवहार गर्ने गरेर ठाउँ छोडन लगाएको स्थानियले बताएका छन् । भेडीखर्कमा लगिएको खानेकुरा तथा भाँडाकुडा समेत जलेर नष्ट गरि दिएको भोटे जनजाति महासंघले जनाएको छ । सामाजिक सञ्जालमा आएका भिडियो भेडिगोठ जलाएको प्रष्ट देखिन्छ । रानीसैन पुगेको हुम्ला प्रहरीको अगाडि हुम्लाका एक स्थानियले रानीसैन हुम्लाको रहेको बाजुराका जनजातिलाई यहाँबाट धपाएको भनेको भिडियो समेत सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
जेठ ५ गते रानीसैन क्षेत्रमा पर्यटन प्रवर्द्धन तथा प्रचारका लागि पुगेको टोलीमाथि कुटपिट तथा दुर्व्यवहार भएको घटना सार्वजनिक भएको थियो । उक्त घटनामा कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल सहितको टोलीमाथि आक्रमण गरिएको थियो । घटनामा हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुल बहादुर थापा, वडा नम्बर ३ का वडा सदस्य पेमागारा गुरुङलगायत केही स्थानीय तथा सुरक्षाकर्मी घाइते भएका थिए । जेठ ३ गते हुम्ला बाट आएका स्थानियले लाम्पाटा गाउँ पुगेर वडा सदस्य पेमागारा गुरुङ लगायत स्थानियलाइ कुटपिट गरेर बन्दक बनाएको थियो ।
पछिल्लो घटनाले रानीसैन क्षेत्रको विवाद झन् जटिल बन्दै गएको स्थानीयको भनाइ छ । भोटे समुदायका व्यक्तिहरूले आफूहरू असुरक्षित बनेको गुनासो गर्दै तत्काल सुरक्षा व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गरेका छन् । स्थानीयवासीले घटनाको निष्पक्ष छानबिन गरी आगजनी, कुटपिट तथा लुटपाटमा संलग्नलाई कानुनी दायरामा ल्याउन आग्रह गरेका छन् ।
साथै, अन्तरजिल्ला सीमा तथा स्वामित्वसँग जोडिएका विवादलाई वार्ता र समन्वयमार्फत समाधान गर्न सम्बन्धित स्थानीय तह, जिल्ला प्रशासन कार्यालय तथा संघीय सरकारको ध्यानाकर्षण गराएका छन । पछिल्लो समयमा भएको रानिसैन घटनाबारे जिल्ला प्रशासन कार्यालय बाजुरा, जिल्ला प्रहरी कार्यालय बाजुरा तथा सम्बन्धित निकायको आधिकारिक धारणा आउन बाँकी रहेको छ ।
प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार प्रहरीको टोली आज रानीसैन पुग्ने र घटना के रहेछ भन्ने आधिकारी हुने बताएका छन । बाजुरा प्रहरी प्रमुख शैलेश्वरी बोहोराका अनुसार प्रहरी निरिक्षक लक्षिराज जोशीको नेतृत्वमा रानिसैनमा प्रहरी पठाइसकेको बताईन् । टोलि रानिसैन पुगिसकेको हुन सक्ने तर त्यहाँ सम्पर्क हुन नसकेको बोहोराले बताइन् । हुम्लाबाट पनि प्रहरीको टोली केही दिन पहिला पुगेको प्रहरीले जनाएको छ ।

चितवन राइनोजले प्रस्तुत गर्यो सुदूरपश्चिम रोयल्सविरुद्ध १३० रनको लक्ष्य

चितवनमा बागमती प्रदेश स्तरीय सितोरियो कराते दिक्षान्तमा समारोह सम्पन्न

बुद्ध एयरको उडान ढिलाइ हुँदा राजविराज विमानस्थलमा यात्रु चार घण्टादेखि प्रतीक्षामा

भारतको उत्तर प्रदेशमा सडक दुर्घटनामा ६ जनाको मृत्यु, दुई घाइते

प्रेस युनियन रुपन्देहीद्वारा शुभ दीपावली, नेपाल संवत् र छठ पर्वको शुभकामना आदान–प्रदान
अरुपनि पढ्नुहोस
सबै
चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

प्रेस स्वतन्त्रता कुण्ठित गर्ने काम रोक्न फोनिजको माग, १३ बुँदे सप्तरी घोषणापत्र जारी

भारतमा सडक निर्माणका क्रममा करेन्ट लागेर ८ मजदुरको मृत्यु

कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना
















