समाज

माडीमा प्लाष्टिकजन्य सामग्री बिक्रीमा रोक

रासस
२०८३ जेष्ठ २५ | मध्यान्ह ०१:०२ बजे

चितवन, जेठ २५। यहाँस्थित माडी नगरपालिकाले नगरपालिकाभित्र प्लाष्टिकजन्य सामग्री बिक्रीमा रोक लगाएको छ ।नगरपालिकाले एक सूचना जारी गर्दै प्लाष्टिकबाट तयार पारिएका कप, गिलास, प्लेट, काँटा र अन्य प्लाष्टिक जन्य सामग्री बिक्रीमा रोक लगाएको हो । कार्यकारी अधिकृत जगतप्रसाद भुसालले नगरभित्र बिक्रीका लागि प्लाष्टिकजन्य सामग्री व्यवस्थापन गर्न दिएको समय सकिएकाले यसपछिको बिक्रीमा रोक लगाएको जानकारी दिनुभयो ।

नगरप्रमुख ताराकुमारी काजी महतोले नगवासीलाई प्लाष्टिकका सामग्रीको विकल्पमा सालका पातबाट तयार पारिएका वस्तुको प्रयोग गर्न आग्रह गर्नुभएको छ ।

कमेन्टहरु