बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति

रासस


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अधिवेशनमार्फत १८ जिल्लामा नयाँ कार्यसमिति चयन गरेको छ । यो समाचार तयार गर्दासम्म बागमती प्रदेशका नौ र कोशी प्रदेशका नौ जिल्लामा पहिलो अधिवेशन सम्पन्न भई नयाँ कार्यसमिति चयन भएका छन्।
केन्द्रीय निर्वाचन आयोगकाअनुसार काठमाडौँ जिल्ला सभापतिमा राजा शाक्य, भक्तपुरमा रामेश्वर बस्नेत, काभ्रेपलाञ्चोकमा प्रविन ढकाल, सिन्धुलीमा अविनाश बस्नेत, रामेछापमा रमेश रायमाझी, दोलखामा दिनेश बस्नेत, नुवाकोटमा रामेश्वर गजुरेल, धादिङमा राजन अर्याल र मकवानपुर सभापतिमा सञ्जिव पाठक निर्वाचित भएका छन्।
यस्तै कोशी प्रदेशको सुनसरीमा सागर दाहाल, झापामा ओम भण्डारी, ताप्लेजुङमा राजनकुमार गुरुङ, मोरङमा भरत कँडेल, तेह्रथुममा सुमन खत्री, भोजपुरमा ख्यामबहादुर भुजेल, सङ्खुवासभामा भक्तनारायण श्रेष्ठ, ओखलढुङ्गामा कृष्णबहादुर थापा सभापतिमा निर्वाचित भएका छन्।
कोशीका धनकुटा, उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाममा आज अधिवेशन भइरहेको आयोगका प्रमुख केसीले जानकारी दिनुभयो । आज २८ जिल्लामा रास्वपाको अधिवेशन हुन गइरहेको छ।
यसैबिच केन्द्रीय निर्वाचन आयोगले जिल्ला अधिवशेनमा प्रतिनिधिको सहभागिताका सम्बन्धमा स्पष्ट पार्दै अधिवेशन सम्पन्न नभएका पालिकाका विभागबाट अधिवेशनमा प्रतिनिधित्व गर्न नपाइने जनाएको छ। आयोगका अनुसार अधिवेशन सम्पन्न भइसकेका पालिकाको हकमा भने वैशाख १५ गते अगावै नियुक्त भएका विभागीय सदस्यले मात्र जिल्ला अधिवेशन प्रतिनिधि हुन पाउनेछन्।


तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
अरुपनि पढ्नुहोस
सबै
वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह

जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन

हङकङका लोकतन्त्रवादी अभियन्ता जोसुवा वङलाई १० वर्षको जेल सजाय

‘पैसा डबल’ गर्ने भन्दै ठगी गर्ने रजक पुनः पक्राउ
















