समाज

अत्यधिक गर्मी बढेसंगै तिलोत्तमामा विद्यालय बिदा

नवलपुर टुडे
२०८३ जेष्ठ २२ | मध्यान्ह ०३:०२ बजे

बुटवल । अत्यधिक गर्मी बढेपछि तिलोत्तमा नगरपालिकाले विद्यालयमा गर्मी बिदा दिएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले एक सूचना जारी गर्दै यहि जेठ २४ गतेदेखि जेठ २९ गतेसम्म विद्यालयमा गर्मी बिदा दिएको हो।

सो बिदा बार्षिक बिदामा मिलान हुने गरी सम्पुर्ण सामुदायिक विद्यालय र संस्थागत विद्यालयलाई सुचना प्रकाशन गरी जनकारी दिएको छ ।केही दिन यतादेखि प्रचण्ड गर्मी बढेका कारण जिल्लामा जनजीवन प्रभावित हुँदै आएको छ । शनिबार र आइतबार सार्वजनिक बिदा हो ।

गर्मीका कारण विद्यालयका शिक्षण सिकाई क्रियाकलाप गर्न गाह्रो हुने तथा बालबालिकाहरूको स्वास्थ्य अवस्थामा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै बिदा दिइएको शिक्षा अधिकृत धनी प्रसाद शर्माले नवलपुर टुडेलाई जानकारी दिएको छ ।

WhatsApp Image 2026 06 05 at 15.44.26

कमेन्टहरु