काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान

नवलपुर टुडे


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टिचिङ अस्पताल महाराजगञ्जको बहिरङ्ग (ओपीडी) सेवालाई बिरामीमैत्री बनाउन रु एक करोड ७० लाख बराबरका प्रविधि, साधन तथा उपकरण हस्तान्तरण गरेको छ। आज अस्पतालमा आयोजना गरिएको एक कार्यक्रममा कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले अस्पतालका प्रमुख प्रा डा सुवास आचार्यलाई ती उपकरण हस्तान्तरण गरेका हुन्।
यसरी प्रदान गरिएका प्रविधि, साधन तथा उपकरणहरुमा शुल्क भुक्तानी गर्न सकिने, जाँचसम्बन्धी परीक्षण रिपोर्ट बिरामी आफैँले प्रिन्ट गर्न सक्ने, उपचारका लागि घरबाट पैसा भुक्तानी गर्न सकिने सुविधा भएका १६ वटा ‘इन्टर्याक्टिभ किओक्स मेसिन’, रिपोर्ट तथा परीक्षणलगायत उपचारसँग सम्बन्धित सबै विवरण एकै ठाउँमा हेर्न सकिने ६५ वटा ‘अल इन वन डेक्सटप’ रहेका कामपाले जनाएको छ।
साथै प्रभावकारी र शीघ्र सेवाका लागि सर्भर र र्यामको क्षमता वृद्धि गरिएको छ । कार्यक्रममा प्रमुख डङ्गोलले सरकारी अस्पतालमा उपचार गराउन घण्टौँसम्म लाइन बसिरहनु पर्ने, पैसा तिर्न लामो लाइनमा बसेर समय खर्च गर्नुपर्ने अवस्था अन्त्य गरेर नागरिकलाई सहज स्वास्थ्य सेवाको पहुँच बढाउन अस्पताललाई सहयोग गरिएको बताए।
उनले भने, “हामीले उपलब्ध गराएको सहयोगबाट सर्वसाधारणलाई सेवा लिन सहज हुनेछ । यसकारण अस्पतालसँगको सहकार्यलाई हामीले विशेष मानेका छौँ । हामीले आजको दिनलाई विशेष ठानेका छौँ ।”
कामपाको संस्थागत जगको विषयमा प्रमुख डङ्गोलले सहर सफा गर्ने दायित्व दिएर स्थापना गरिएको अड्डा अहिले पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, वातावरण, आर्थिक तथा सामाजिक विकास, सम्पदा तथा पर्यटनसहित नागरिकसँग जोडिएका सबै सेवा प्रदान गर्ने स्थानमा पुगेको जनाउँदै अस्पतालसँगको सहकार्यमा ‘टेली सर्भिस’ सञ्चालन गर्न सकिने बताए।
अस्पतालका प्रमुख प्रा.डा. आचार्यले प्राप्त प्रविधि, जडान गरिएका साधन तथा उपकरणको प्रयोगका विषयमा प्रस्तुतीकरण गर्दै बिरामीमैत्री सेवा व्यवस्थापनमा कामपाले उपलब्ध गराएको सहयोगले रुपान्तरण गर्न सम्भव भएको उल्लेख गरे।
“पहिलो चरणको सहयोगबाट महसुस गर्न सकिने सेवा दिन छौँ । दोस्रो चरणमा पनि सहयोग हुने अपेक्षा गरेका छौँ । यसपछि अस्पतालबाट प्रदान गरिने क्यान्सर उपचारका अधिकांश सेवालाई पेपरलेस र फेसलेस बनाउन सकिन्छ।”
कामपाले स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूबाट प्रवाह हुने विशेषज्ञ स्वास्थ्य सेवाका लागि अस्पतालसँग थप सहकार्यको योजना रहेको स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले जानकारी दिए। “अस्पतालको सेवा व्यवस्थापनमा कामपाको हक लाग्ने गरी सहयोग प्रदान गरेका छौँ । यसबाट कामापलाई लाभ हुनेछ।”
यसअघि कामपाले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि ‘भेन्टिलेटर मेसिन’, त्यसपछि ‘सिटी स्क्यान मेसिन’, अस्पतालको ‘वेड क्यु सिस्टम’ व्यवस्थापन प्रणालीलगायत सहयोग सामग्री उपलब्ध गराइसकिएको कामपाको भनाइ छ।

चितवन राइनोजले प्रस्तुत गर्यो सुदूरपश्चिम रोयल्सविरुद्ध १३० रनको लक्ष्य

चितवनमा बागमती प्रदेश स्तरीय सितोरियो कराते दिक्षान्तमा समारोह सम्पन्न

बुद्ध एयरको उडान ढिलाइ हुँदा राजविराज विमानस्थलमा यात्रु चार घण्टादेखि प्रतीक्षामा

भारतको उत्तर प्रदेशमा सडक दुर्घटनामा ६ जनाको मृत्यु, दुई घाइते

प्रेस युनियन रुपन्देहीद्वारा शुभ दीपावली, नेपाल संवत् र छठ पर्वको शुभकामना आदान–प्रदान
अरुपनि पढ्नुहोस
सबै
चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

प्रेस स्वतन्त्रता कुण्ठित गर्ने काम रोक्न फोनिजको माग, १३ बुँदे सप्तरी घोषणापत्र जारी

भारतमा सडक निर्माणका क्रममा करेन्ट लागेर ८ मजदुरको मृत्यु

कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना
















