अदालत, अर्थ, इतिहास, कर्णाली प्रदेश, कृषि, कोशी प्रदेश, गण्डकी प्रदेश, घटना, ट्राफिक अपडेट, देश, निर्वाचन, न्यायालय, पर्यटन, प्रदेश, प्रबास, बागमती प्रदेश, बिश्व, मधेश प्रदेश, मानवअधिकार, मुख्य समाचार, यातायात, राजनीति, लुम्बिनी प्रदेश, वातावरण, विचार/ब्लग, विश्व, शिक्षा, समाचार, समाज, सुदुरपश्चिम प्रदेश

बागलुङको तमानखोला र ढोरपाटनमा अपाङ्गता भएका व्यक्तिहरुका लागि पैरवी तालिम

याम बहादुर थापा मगर
२०८३ जेष्ठ १९ | बिहान ०७:०२ बजे

बागलुङ,जेठ १८ । अपाङ्गता सरोकार संघ बागलुङको आयोजनामा ढोरपाटन नगरपालिका बुर्तिवाङ बजारमा एक दिने सबै प्रकारका अपाङ्गता भएका व्यक्ति र अभिभावकहरुका लागि नियम, कानुन,ऐन,अधिकार र पैरवी विषय तालिम कार्यक्रम सम्पन्न भएको छ । एकिकृत सेवा कार्यालय बागलुङको आर्थिक सहयोग र ढोरपाटन नगरपालिका सामाजिक विकास शाखाको समन्वयमा ४१ जनाको सहभागीतामा सम्पन्न भएको जानकारी सरोकार संघ बागलुङका कार्यसमिति सदस्य तथा प्रशिक्षक याम बहादुर थापा मगरले जानकारी गराउनुभयो ।

सो तालिम कार्यक्रममा सहजीकरण तथा प्रशिक्षण बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको अभिभावक संघ बागलुङ अध्यक्ष टिकाराम सापकोटाले अपाङ्गको हक अधिकारका बारेमा नेपालमा भएका कानुनहरुको विवेचना, बागलुङ नगर अस्पताल पैयुपाटाका प्रमुख डाक्टर सफल सापकोटाले अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य सरसफाइ गर्ने तरिका र अपाङ्गता सरोकार संघ बागलुङका सदस्य याम बहादुर थापा मगरले स्थानीय सरकार समक्ष योजना माग गर्ने विधिका बारेमा सहजीकरण गर्नुभएको थियो । तालिम कार्यक्रममा आ.व.०८३।०८४ को स्थानीय सरकारको बजेट निर्माणको क्रममा न्यायोचित बजेट छुटाउन माग गर्नु भएको थियो ।

त्यसैगरी तमानखोला गाउँपालिकाको बोगांदोभान बजारमा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको अभिभावक संघ बागलुङको आयोजनामा एकिकृत सेवा कार्यालय बागलुङको सहयोग र तमानखोला गाउँपालिका बागलुङको समन्वयमा एक दिने अपाङ्गता हेरचाह र स्वास्थ्य सचेतना सम्बन्धी तालिम ६१ जनाको उपस्थितिमा सम्पन्न भएको छ । सो तालिम कार्यक्रममा पुर्ण अति अशक्त तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिका अभिभावकहरुको लागि केन्द्रित गरेर तालिम सञ्चालन गरिएको जानकारी बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको अभिभावक संघ बागलुङका सचिव याम बहादुर थापा मगरले जानकारी दिनुभएको थियो । सो तालिम कार्यक्रममा संघका अध्यक्ष टिकाराम सापकोटा, बागलुङ नगर अस्पताल पैयुपाटाका प्रमुख डा. सफल सापकोटा र संघका सचिव याम बहादुर थापा मगरले फरक फरक विषयमा प्रशिक्षण गर्नु भएको थियो ।

तालिम कार्यक्रममा तमानखोला गाउँपालिकाका अध्यक्ष जोक लाल बुढा मगर, उपाध्यक्ष हिरा कुमारी छन्त्याल र अपाङ्ग सरोकार संघ बागलुङ अध्यक्ष जगुपति कंडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । तमानखोला गाउँपालिका वडा नम्बर २ का अध्यक्ष नारायण सुनारको समेत सहभागीता रहेको थियो ।

तालिमका सहभागी व्यक्तिहरुले स्थानीय सरकारबाट नियमित रुपमा बजेट व्यवस्था गरी क्षमता विकास गर्न माग गरेका थिए । आवाजविहीनहरुको आवाज बन्नको लागि तालिम,प्रशिक्षण र प्राविधिक सहयोग नियमित उपलब्ध गराउन अनुरोध गरिएको छ ।

Messenger creation 9B5D1F85 D2FB 48C1 BE96 23F28CF08959Messenger creation 74814CA7 7403 45C3 8196 5C54A26EC002 Messenger creation B0CFD124 FF5C 467E A287 B6A1FACF7892 Messenger creation A1676B49 BAED 43D6 A706 82AC5F12E69A Messenger creation B96957A2 2888 416F 95DB 8950D8C762FDMessenger creation 1F5170C6 D8C3 44ED 9C05 DBB8349B9601 1

कमेन्टहरु