आज यी केही स्थानमा हुनेछ मध्यमसम्म वर्षा र तातो दिन

नवलपुर टुडे


काठमाडौं । देशका केही स्थानमा वर्षा हुनेछ । केही भूभागमा गर्मी हुनेछ । वर्षा कम भएसँगै तराईका केही स्थानमा तातो दिन हुने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको प्रभाव छ ।
विभागले दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । मधेस प्रदेशमा तथा कोसी प्रदेशको तराईमा तातो दिन हुने पूर्वानुमान छ ।
विभागका अनुसार राति देशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मुख्यतया सफा रहनेछ । कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागलगायत वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।
मौसमविद् विनोद पोखरेल मनसुन भित्रने समय अझै अनिश्चित रहेको बताउँछन् । पश्चिमी वायु कमजोर रहेकाले केही दिन देशका धेरै स्थानमा वर्षा नहुने उनको भनाइ छ । “पहाडी र हिमाली भेगका केही ठाउँमा वर्षाको सम्भावना भए पनि तराईमा पानी पर्ने देखिँदैन,” उनी भन्न्छन्, “मनसुन दक्षिण भारत (केरला)सम्म पनि आइपुगेको छैन ।”
नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ हो । तर, यो औसत मिति भएकाले यो भन्दाअगाडि वा पछाडि पनि मनसुन भित्रिने सम्भावना रहन्छ । भारतमा जति चाँडो मनसुन प्रवेश हुन्छ, त्यति नै छिटो नेपाल आउने सम्भावना रहन्छ ।

विशेष सुरक्षा सल्लाहकार कार्कीले बुझे पत्र

जलवायु सम्झौतामा १.५ डिग्रीको लक्ष्यलाई लिएर राष्ट्रहरूबिच मतभेद

एक महिनामा ४१ हजार बढी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउँछ : प्रदेश प्रमुख भट्ट

नाटो सदस्यता पाउन डोनबास छाड्नुपर्ने अमेरिकी प्रस्तावले जेलेन्स्की आश्चर्यचकित
अरुपनि पढ्नुहोस
सबै
आज छठको मुख्य दिन, सिरहाका पोखरीदेखि नदीसम्म सिँगारिए घाट, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु

स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण

इटालीको डोलोमाइट्स पर्वतमा भेटियो हिमयुगीन भालुको विशाल चिहान

मौलिक चाडपर्वको संरक्षण र संवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री कार्की
















