प्रधानमन्त्री बालेन्द्रको अभिव्यक्तिपछि सुस्तामा तनाव

नवलपुर टुडे


नवलपरासी । भारतसँगको सीमा विवाद सम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिपछि पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा तनाव बढेको स्थानीय तहका जनप्रतिनिधिहरूले बताएका छन्। सुस्ता गाउँपालिका-५ स्थित नारायणी नदी किनारमा निर्माणाधीन तटबन्धको काम रोक्न भारतीय सशस्त्र सीमा बल (एसएसबी) का ४० देखि ५० जना सदस्य नेपाली भूमिमा प्रवेश गरी दबाब दिएको आरोप स्थानीय पक्षले लगाएका छन्।
गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायका अनुसार तटबन्ध निर्माण भइरहेको क्षेत्रमा एसएसबीका सदस्यहरू पुगेपछि निर्माण कार्य प्रभावित भएको छ। उनले एसएसबीले निर्माण कार्य तत्काल रोक्न दबाब दिएको दाबी गरे। स्थानीयका अनुसार नारायणी नदीको कटान नियन्त्रण तथा बस्ती संरक्षणका लागि तटबन्ध निर्माणको काम भइरहेको थियो। तर भारतीय पक्षबाट आएको दबाबपछि निर्माण कार्यमा अवरोध उत्पन्न भएको उनीहरूको भनाइ छ।
घटनापछि सीमा क्षेत्रमा थप सतर्कता अपनाइएको स्थानीय स्रोतले जनाएको छ। यद्यपि यस विषयमा भारतीय पक्षको आधिकारिक प्रतिक्रिया प्राप्त भइसकेको छैन। सुस्ता क्षेत्र नेपाल-भारत सीमा विवादसँग जोडिएको संवेदनशील भूभागका रूपमा चिनिन्छ। यसअघि पनि सीमा व्यवस्थापन, नदीको धार परिवर्तन तथा भूमि स्वामित्व सम्बन्धी विषयमा समय-समयमा विवाद र तनाव उत्पन्न हुँदै आएका छन्। घटनाबारे सम्बन्धित सुरक्षा निकाय तथा प्रशासनले थप जानकारी संकलन गरिरहेको जनाइएको छ।

विशेष सुरक्षा सल्लाहकार कार्कीले बुझे पत्र

जलवायु सम्झौतामा १.५ डिग्रीको लक्ष्यलाई लिएर राष्ट्रहरूबिच मतभेद

एक महिनामा ४१ हजार बढी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउँछ : प्रदेश प्रमुख भट्ट

नाटो सदस्यता पाउन डोनबास छाड्नुपर्ने अमेरिकी प्रस्तावले जेलेन्स्की आश्चर्यचकित
अरुपनि पढ्नुहोस
सबै
आज छठको मुख्य दिन, सिरहाका पोखरीदेखि नदीसम्म सिँगारिए घाट, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु

स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण

इटालीको डोलोमाइट्स पर्वतमा भेटियो हिमयुगीन भालुको विशाल चिहान

मौलिक चाडपर्वको संरक्षण र संवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री कार्की
















