मुख्य समाचार, राजनीति, समाचार, सुदुरपश्चिम प्रदेश
नेपाली काँग्रेस हिमाली गाउँ कार्यसमिति उपसभापति तिर्थ मल्लले दिए राजीनामा

उमेश रोकाया
२०८३ जेष्ठ १८ | मध्यान्ह ०७:०२ बजे

बाजुरा , जेठ १८ । नेपाली काँग्रेस हिमाली गाउँ कार्य समिति उपसभापति तिर्थ बहादुर मल्लले राजीनामा दिएका छन ।
विगत लामो समयदेखि नेपाली काँग्रेसप्रति प्रतिबद्ध रही हाल नेपाली काँग्रेस हिमाली गाउँ कार्यसमितिको उप-सभापति पदमा रही काम गर्दै आएको हुन ।
सोमबार दिउँसो विविध कारणले उक्त पदमा रही काम गर्न असमर्थ भएको हुँदा आफुले राजी खुशीका साथ सो पदबाट राजीनामा दिएको उनले बताएका छन ।
राजीनामा पत्र नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमिति सभापति अमलाल कार्कीलाई स्वीकृतिको लागि अनुरोध गरिएको बताएका छन । अबका दिनदेखि कुनै राजनीति दल संग आबद्ध नहुने स्वतन्त्र रूपमा लाग्ने भएका छन ।
























