समाचार

गैडाकोटमा धारिलो हतियार प्रहार गरी छोराको हत्या

नवलपुर टुडे
२०८३ जेष्ठ १७ | मध्यान्ह ०३:०२ बजे

 गैंडाकोट, जेठ १७ । नवलपुरको गैँडाकोटमा धारिलो हतियारले प्रहार गरी एक जनाको हत्या गरिएको छ । गैंडाकोट नगरपालिका–१५ मा घरायसी विवादका क्रममा बाबुले धारिलो हतियार (खुर्पा) ले प्रहार गर्दा छोराको मृत्यु भएको हो। नवलपुर प्रहरीका अनुसार शनिबार राति ६३ वर्षीय डम्मर गिरीले आफ्नै ४३ वर्षीय छोरा शंकर गिरीमाथि खुर्पा प्रहार गरेका थिए।

खुर्पा प्रहारबाट टाउकोमा गम्भीर चोट लागेका छोरा शंकरलाई उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएको थियो। उनलाई उपचारकै क्रममा राति चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले नवलपुर टुडेलाई जानकारी दिएको छ। सो घटनापछि प्रहरी टोलीले घटनास्थलबाट हत्यामा प्रयोग गरिएको खुर्पा बरामद गरेको छ । आरोपित डम्मर गिरी(बुवा)लाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ। घटनाको कारण बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

WhatsApp Image 2026 05 31 at 14.59.26

कमेन्टहरु