दुबई यूएई, देश, धर्म–संस्कृति/रीतिथिति, पर्यटन, प्रबास, बिश्व
यूएईमा बढ्दै गर्मी, ‘Feels Like’ ४३ डिग्रीसम्म महसुस


प्रवास दुवई, यूएई|
संयुक्त अरब इमिरेट्स United Arab Emirates मा पछिल्ला दिनहरूमा गर्मी क्रमशः बढ्दै गएको छ। The Weather Channel का अनुसार आज अपराह्न ४:१५ बजेसम्म देशको विभिन्न भागमा तापक्रम ३७ डिग्री सेल्सियस पुगेको छ भने “Feels Like” तापक्रम ४३ डिग्री सेल्सियससम्म महसुस गरिएको छ।
मौसम पूर्वानुमान अनुसार आज अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस र न्यूनतम तापक्रम २८ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ। साथै, हावाको गति करिब १४ किलोमिटर प्रतिघण्टा र आर्द्रता ४६ प्रतिशत रहेको जनाइएको छ।
विशेषज्ञहरूले बढ्दो गर्मीका कारण दिउँसो अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन, पर्याप्त मात्रामा पानी पिउन तथा स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन सर्वसाधारणलाई आग्रह गरेका छन्।
त्यसैगरी, स्थानीय प्रशासनले पनि उच्च तापक्रमका बेला सावधानी अपनाउन र आवश्यक सुरक्षा उपायहरू पालना गर्न सुझाव दिएको छ।





















