कृषि

बाजुरा जिल्लाको पहिलो बारुवा रोपाई सुरु(तस्वीरसहित)

नवलपुर टुडे
२०८३ जेष्ठ १३ | बिहान ०९:०२ बजे

बाजुरा, जेठ १३ । बाजुरा जिल्लाकै पहिलो बारुवा रोपाईँ सुरु भएको छ । बुढीनन्दा नगरपालिका वडा-नम्बर १० पाण्डुसैनमा जिल्लाकै इतिहास बोकेको उक्त बारुवा रोपाईँलाई विशेष पर्वको रुपमा समेत लिने गरिन्छ । रोपाईँ मात्र नभई त्यसले सामाजिक,संस्कृतिक र परम्पराको गाथा समेत बोकेको हुँदा यस रोपाईँलाई जिल्लाकै महत्त्वपूर्ण रोपाईँका साथ पर्वको रुपमा हेरिन्छ । टाढाटाढा गएका स्थानीयहरु यस रोपाईँमा घर आएर बारुवा रोपाईँमा समावेश हुने गरेका छन् ।

बुढीनन्दा पाण्डुसैन (बाटुल्सेराको) रोपाईँ हरेक बर्ष जेष्ठ दोस्रो सातादेखि सुरु हुने गर्छ । रोपाईँमा बाजागाजा सहित भव्य देउडा, हुड्क्यौली लगाएर बारुवा रोपाईको प्रारम्भ गरिन्छ । आपसी सद्भाव,भाईचारको सम्बन्ध, माया, ममता साटासाट र परम्परागत संस्कृतिको जगेर्ना गर्ने उदेश्यका साथ यो रोपाईँ प्रत्येक बर्ष गर्ने गरिन्छ । हजारौंको संख्यामा स्थानीय उपस्थिति भई खेतमा रमाइलो गरिन्छ ।

हली, बाउस्या र रोपन्यारी एकआपसमा भाका हालेर गित गाउँदै हिलो छ्याप्दै रमाईलो गर्छन् । परम्परा अनुसार, पहिले कैलाश देवताको थानमा सुनको थालमा, रोपाईँ हुने खेतको हिलो (पागो) र बीउ लिएर सोही सुनको थालमा चाँदीको हलोले रोपाईँ हुने र खेतमा पनि एकसाथ रोपाईँ गरिने र दुवै ठाउँको धान संगै फल्ने धार्मिक परम्परा अनुसार यो प्रचलन रहिआएको बुढापाखाको भनाई छ ।

photo 3 0ec3a981 photo 2 1ba766a7 photo 6 4af53891 photo 5 333722ce photo 8 38b3053c photo 9 7206c1d3 photo 11 b0335e58 photo 25 66427757 photo 26 02c7d04f photo 18 c930ad7a photo 17 e68b4bf0 photo 16 0c447842 photo 13 418e3eec photo 36 7cf15705 photo 33 f6cee7a3 photo 34 8535b6c6 photo 35 2198dbf1 photo 23 e3e8f9af photo 24 7e266668

 
 

कमेन्टहरु