मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य
पुर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा सभा सम्पन्न


बाजुरा, जेठ १० । बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । पालिका ७ वटा वडामध्य आवश्यक सूचक तथा मापदण्ड पूरा गरेर पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा कार्यक्रम सम्पन्न गरिएको छ ।
नियमित खोप कार्यक्रममार्फत बालबालिकाले उमेर अनुसार लगाउनुपर्ने सबै खोप पाएपछि मात्र यस्तो घोषणा गर्ने मापदण्ड रहेको छ । उहाँले पूर्ण खोप सुनिश्चित घोषणा अभियान सफल बनाउन स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय तहका जनप्रतिनिधि तथा अभिभावकको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दै कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित हुन नहुनेमा जोड दिनुभयो ।
बालबालिका जन्मिएसँगै नियमित खोप कार्यक्रममा जोडिने भएकाले पूर्ण खोप सुनिश्चितता निरन्तर चलिरहने प्रक्रिया हो ।१६ देखि २३ महिनासम्मका सबै बालबालिकाले १५ महिनाभित्र लगाउनुपर्ने सम्पूर्ण खोप लगाएपछि पूर्ण खोप सुनिश्चित घोषणा गरिने व्यवस्था रहेको छ । पालिकामा नियमित खोप कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुँदै आएकाले पछिल्लो समय बालबालिकामा देखिने विभिन्न रोगको जोखिमसमेत घट्दै गएको स्वास्थ्यकर्मीको भनाइ छ ।
ग्रामीण तथा दुर्गम क्षेत्रसम्म खोप सेवा विस्तार गरिएकाले अधिकांश बालबालिका खोपको पहुँचमा पुगेका छन् ।






















