घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
घाइतेलाई हवाई उद्वार गर्न प्रशासन कार्यालय बाजुराको माग


बाजुरा , जेठ ५ । रानिसैन भ्रमण गर्न जादा हुम्ली केही व्यक्तिले हातहतियार प्रयोग गरेर घाइते भएकालाई आपतकालीन हवाई उद्धारको व्यवस्था गरिदिन गृह मन्त्रालय शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण महाशाखा सिंहदरबार, काठमाडौंमा जिल्ला प्रशासन कार्यालय बाजुराले उद्धारका लागि आग्रह गरेको छ ।
बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको लम्पाटामा बाजुरा र हुम्ला जिल्लाहरू बीचको सीमा विवादको सम्बन्धमा, बाजुरा जिल्ला तर्फबाट सुरक्षाको लागि खटिएका एक नेपाल प्रहरी कर्मचारी र बाजुराको हिमाली गाउँपालिकाका पाँच स्थानीय बासिन्दा हुम्लाबाट आएका व्यक्तिहरूबाट घाइते भएका छन् ।
उनीहरूलाई उद्धार गर्न र उपचारको लागि सुविधासम्पन्न अस्पतालमा पुर्याउन हेलिकप्टरको व्यवस्था गर्न गृह मन्त्रालयलाई जिल्ला प्रशासन कार्यालय बाजुराले अनुरोध गरिएकोप्रमुख जिल्ला अधिकारी दोरेन्द्र निरौलाले बताउनुभयो ।






















