Opens in a new tab

‘चिनीलगायत अत्यावश्यक वस्तुको नियमित आपूर्ति गराउँछौँ’

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडौँ । सरकारले आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने चिनीलगायत अत्यावश्यक वस्तुको आपूर्ति तथा मूल्य स्थिरता कायम गर्न पूर्णरूपमा प्रतिबद्ध रहेको जनाएको छ। पछिल्लो पटक भारत सरकारले चिनी निर्यातसम्बन्धी नीतिगत व्यवस्थामा परिवर्तन गरी निर्यातमा प्रतिबन्ध लगाएको विषयप्रति उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको हो।

मन्त्रालयले उपभोक्ताको हित, बजार मूल्यको स्थिरता तथा चिनीको सहज उपलब्धतालाई प्राथमिकतामा राखी आवश्यक कार्य गरिरहेको स्पष्ट पार्दै मन्त्रालयले सहज तथा सुलभ मूल्यमा नियमित आपूर्तिका लागि पहल भइरहेको बताएको छ। हाल सञ्चालनमा रहेका चिनी उद्योगबाट उत्पादन भई मौज्दातमा रहेको परिमाण र हालसम्म आयात भई खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलगायतसँग करिब आठ महिनाको माग धान्ने अवस्था छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले उपभोक्ता एवम् सरोकारवालामा चिनीलगायत दैनिक उपभोग्य वस्तु अनावश्यक सञ्चिति नगर्न आग्रह गरे। नियमित बजार अनुगमन, आपूर्ति व्यवस्थापन तथा निकायगत एवम् तहगत समन्वयलाई थप प्रभावकारी बनाउँदै बजारमा कृत्रिम अभाव, कालोबजारी, अनुचित मौज्दात तथा अस्वाभाविक मूल्यवृद्धि हुन नदिन मन्त्रालय प्रतिबद्ध रहेको प्रवक्ता सुवेदीले जानकारी दिए।