बुटवल- ७ मा रक्तदान कार्यक्रम सम्पन्न


मनु गुरुङ
बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ७ को आयोजनामा नेपाल नियमित रक्तदान संघ रुपन्देहीकोको सहयोगमा जनप्रतिनिधि सहित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा ४१ जना रक्तदाताहरुले रक्तदान गरेका थिए। वडाको हलमा भएको कार्यक्रममा रक्तदाताहरुलाई सम्मान गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा वडा नं ७ का अध्यक्ष पदमराज गाहाले रक्तदान मानवीय जीवनको महत्वपूर्ण सेवा र पुण्यदान भएको बताउनु भयो।
सेवा नै धर्म भएको उललेख गर्दै वडा अध्यक्ष गाहाले रक्तदान जस्तो महादान कार्यको थालनी गर्नुले युवाहरुमा सामाजिक सेवा भाव उत्प्रेरणा जगाउने कार्य भएको बताउनु भयो । यस्तै कार्यक्रमका केन्द्रीय अध्यक्ष दया बहादुर सिलवालले खुशी लागेको बताउदै असल र मानवीय कार्यलाई निरन्तरता दिइराख्न समेत आग्रह गर्नुभयो।
कार्यक्रमा जिल्ला उपाध्यक्ष भाष्कर शाह , जिल्ला अध्यक्ष असेष सिलवाल लगायतले रक्तदाताहरुलाई सम्मान पत्र हस्तान्तरण गर्दै रक्तदान जस्तो महान मानवीय कार्यमा सहभागी भई मानव सेवा जस्तो उच्चतम सेवामा समर्पित भएकोमा रक्तदाताहरुलाई धन्यवाद ब्यक्त गर्नु भएको थियो। कार्यक्रम, ७ का वडा सदस्य ज्युहरु, टोलका अध्यक्ष ,क्लबका अध्यक्ष, लगायत व्यक्तित्वहरुको आतिथ्यता रहेको संघका जिल्ला उपाध्यक्ष भाष्कर शाहले जानकारी दिनु भयो ।

















