शिक्षा, समाचार

एसईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

नवलपुर टुडे
२०८३ बैशाख २८ | मध्यान्ह ०९:०१ बजे

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजा सार्वजनिक गरेको छ। प्रकाशित नतिजाअनुसार यस वर्ष ६५.९८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् भने १ लाख ४६ हजार ५ सय ७ जना परीक्षार्थीले ‘एनजी’ (नन ग्रेडेड) ल्याएका छन्।

परीक्षामा कुल ४ लाख ३० हजार ६ सय ६७ जना विद्यार्थी सहभागी भएका थिए। जसमध्ये मूल्याङ्कनमा परेका २ लाख ८४ हजार १ सय ६० जना विद्यार्थी उत्तीर्ण हुन सफल भएका हुन्। सबैभन्दा उच्च जिपिए (३.६० देखि ४.०० सम्म) ल्याउने विद्यार्थीको सङ्ख्या ४८ हजार ३ सय ९२ रहेको छ। त्यसैगरी, जिपिए ३.२० देखि ३.६० सम्म ल्याउने उत्कृष्ट विद्यार्थीको सङ्ख्या ८० हजार ३ सय ७२ जना रहेको छ।

परीक्षामा जिपिए २.८० देखि ३.२० सम्म प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या सबैभन्दा धेरै अर्थात् ९४ हजार २ सय २२ रहेको छ। यस्तै, जिपिए २.४० देखि २.८० सम्म ल्याउने परीक्षार्थी ५५ हजार ९ सय ७७ जना रहेका छन्। बोर्डका अनुसार जिपिए २.०० देखि २.४० सम्म ल्याउने विद्यार्थीको सङ्ख्या ५ हजार १ सय ९० रहेको छ। सबैभन्दा कम अर्थात् जिपिए १.६० देखि २.०० सम्म ल्याउने विद्यार्थी जम्मा ७ जना मात्र रहेका छन्।

यसपटकको परीक्षामा सहभागीमध्ये ठुलो सङ्ख्याले ‘एनजी’ प्राप्त गरेका छन्। कुल १ लाख ४६ हजार ५ सय ७ जना विद्यार्थी ‘एनजी’ मा परेका हुन्।

 

कमेन्टहरु