देश

टर्किस एयरलाइन्सको जहाजको चक्कामा आगो, सबै यात्रु सुरक्षित

नवलपुर टुडे
२०८३ बैशाख २८ | बिहान ०७:०१ बजे

काठमाडौँ । इस्तानबुलबाट सोमबार बिहान काठमाडौँ आएको टर्किस एयरलाइन्सको टीके–७२६ कलसाइनको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको छ।

विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालका अनुसार आगोलाई दमकलको सहायताले तत्काल नियन्त्रणमा लिइएको थियो। घटनामा विमानमा सवार २७८ यात्रु र ११ चालक दलका सदस्य सबै सुरक्षित रहेका छन्।

विमानमा संयुक्त राष्ट्रसंघका केही कूटनीतिज्ञ समेत सवार रहेको बताइएको छ। अहिले विमानलाई ट्याक्सी–वे तर्फ सार्ने प्रयास भइरहेको विमानस्थल प्रशासनले जनाएको छ।

कमेन्टहरु