जित्ने होइन, समेट्ने राजनीति आवश्यक छ : धर्म चौधरी

रासस


काठमाडौं, वैशाख १३। उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरीले नेपालमा जित–हारको राजनीति अन्त्य गरी सबैलाई समेट्ने सहकार्यको राजनीति आवश्यक रहेको बताएका छन्।
चौधरीले नेपालमा अरूको भूमिकामा बढी चासो दिने तर आफ्नो जिम्मेवारी पूरा गर्न नसक्ने प्रवृत्तिका कारण अपेक्षित परिणाम आउन नसकेको टिप्पणी गरे। पत्रकारितालाई संविधानले दिएको स्वतन्त्रताको सदुपयोग गर्दै जनताको आवाज बुलन्द गर्नुपर्ने उनले बताए।उनले भने, ‘हाम्रो संविधानले पत्रकारितालाई स्वतन्त्रता दिएको छ । त्यो स्वतन्त्रताभित्र रहेर पत्रकारिता गर्नेहरूले पूर्ण रूपमा स्वतन्त्र भएर जनताको आवाज उठाउन सके पक्कै पनि गन्तव्यमा पुग्न सक्छौं ।’
देशको वर्तमान समस्या समाधानका लागि सत्ता पक्ष, प्रतिपक्ष र सडकमा रहेका सबै पक्षलाई एउटै टेबलमा ल्याएर साझा खाका तयार गर्नुपर्ने उनको भनाइ थियो ।‘नेपालमा यो जित्ने खेल हटाउनुपर्यो र समेट्ने खेल गर्नुपर्यो । जितेर हामी प्रत्येकचोटी गएको छौं, फेरि जितहारमा परिणत हुन्छ। त्यसैले सबैलाई समेट्न यस्तो संवाद एक्सप्रेस आवश्यक छ,’ उनले भने ।

चितवन राइनोजले प्रस्तुत गर्यो सुदूरपश्चिम रोयल्सविरुद्ध १३० रनको लक्ष्य

चितवनमा बागमती प्रदेश स्तरीय सितोरियो कराते दिक्षान्तमा समारोह सम्पन्न

बुद्ध एयरको उडान ढिलाइ हुँदा राजविराज विमानस्थलमा यात्रु चार घण्टादेखि प्रतीक्षामा

भारतको उत्तर प्रदेशमा सडक दुर्घटनामा ६ जनाको मृत्यु, दुई घाइते

प्रेस युनियन रुपन्देहीद्वारा शुभ दीपावली, नेपाल संवत् र छठ पर्वको शुभकामना आदान–प्रदान
अरुपनि पढ्नुहोस
सबै
चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

प्रेस स्वतन्त्रता कुण्ठित गर्ने काम रोक्न फोनिजको माग, १३ बुँदे सप्तरी घोषणापत्र जारी

भारतमा सडक निर्माणका क्रममा करेन्ट लागेर ८ मजदुरको मृत्यु

कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना
















